१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १७:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनीमा थन्किएका बिजुली बस भोलिदेखि नि:शुल्क सञ्चालन हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १७:२४:oo

लुम्बिनीमा लामो समयदेखि थन्किएर बसेका बिजुली बस बिहीबारदेखि सञ्चालनमा आउने भएका छन्।
 
बुधबार जिल्ला प्रशासन कायालय रुपन्देहीमा बसेको सरोकारवालाहरूको बैठकले बिहीबारदेखि बिजुली बस सञ्चालनमा ल्याउने निर्णय गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयले जानकारी दिए। 

गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनीमा रहेका गाडीहरू चल्न नसक्नुका कारण २४ घण्टाभित्र जानकारी दिन निर्देशन दिएलगत्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सरोकारवालाहरूबीच बैठक राखी बिहीबारदेखि गाडी चलाउने निर्णय गरेको हो।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पाण्डेयले बिहीबारदेखि पाँचवटा बस सञ्चालनमा आउने जानकारी दिए।
 
पर्यटकको सुविधाका लागि एसियाली विकास बैंक (एडिबी)ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका सवारीसाधन तीन वर्षदेखि थन्किएर बस्दा चौतर्फी आलोचना बढेको थियो।

बुधबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पाण्डेयको अध्यक्षतामा लुम्बिनी विकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायीका सघंसस्थाको बैठकले बिहीबारदेखि नै तत्काललाई पाँचबटा बस सञ्चालनमा ल्याउने निर्णय गरेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धचरण भट्टराईले जानकारी दिए।
 
भोलिदेखि सञ्चालनमा आउने बसमध्ये एउटा बुटवल–भैरहवा–बेलहिया–एयरपोर्ट हुँदै लुम्बिनीसम्म, दोस्रो बेलहिया–भैरहवा–एयरर्पोट हुँदै लुम्बिनी सञ्चालनमा आउनेछन्।
 
यस्तै, तेस्रो बस नवलपरासीको रामग्राम–भैरहवा–बेलहिया–एयरपोर्ट हुँदै लुम्बिनी, चौथो कपिलवस्तुकाे तिलौराकोटबाट लुम्बिनी र पाँचौँ बस लुम्बिनीवरिपरि सञ्चालन हुने रुट तय भएको छ। कोषले सबै विद्युतीय बस तथा भ्यानहरू भने असोज १५ गतेदेखि परीक्षण सञ्चालनमा ल्याउनेछ। 

लुम्बिनी विकास कोषको मंगलबार बसेको कोषको सचिवालय बैठकले नम्बर प्लेट परिवर्तन नभए पनि दसैँंको उपलक्ष्यमा ५ दिन चार्जिंङ स्टेसन र गाडीहरूको मेसिनरी परीक्षणस्वरूप अफिसियल यान्त्रिक परीक्षणका लागि विद्युतीय गाडी सञ्चालन गर्ने निर्णय गरेको हो।  
 

ad
ad