१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
रासस इनरुवा
२o८१ जेठ २ बुधबार १४:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चट्याङ लागेर सुनसरीमा दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, इनरुवा
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:२९:oo

सुनसरीको देवानगन्ज गाउँपालिकामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा देवानगन्ज गाउँपालिका– १ का ४५ वर्षीया रीतादेवी यादव र वडा नम्बर २ का उदीतचन्द्र यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए।

भैँसीलाई गोठमा पानी खुवाइरहेका वेलामा चट्याङमा परेर रीतादेवीको मृत्यु भएको हो भने घरनजिकै रहेको खेतमा घाँस काट्ने क्रममा पानीसँगै आएको चट्याङमा परेर उदीतचन्द्रको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए।

ad
ad