१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
एजेन्सी ब्रागा
२०७९ असोज १२ बुधबार १०:०३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पोर्चुगललाई हराउँदै स्पेन नेसन्स लिगको सेमिफाइनलमा

Read Time : < 1 मिनेट
एजेन्सी, ब्रागा
२०७९ असोज १२ बुधबार १०:०३:००

स्पेन युइएफए नेसन्स लिगको अन्तिम चारमा प्रवेश गरेको छ । गएराति भएको खेलमा पोर्चुगललाई १–० ले हराउँदै स्पेन युइएफए नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेको हो । ८८औँ मिनेटमा निको विलियम्सको पासमा मोराटाले निर्णायक गोल गरे ।

समूहको अन्तिम खेलमा स्पेन हाबी भयो । स्टेडियो म्युन्सिपल ब्रागामा भएको खेलमा अल्भारो मोराटाले घरेलु टोली पोर्चुगललाई स्तब्ध पार्दै आफ्नो टिमलाई सेमिफाइनलमा पुर्‍याए । यसअघि क्रोएसिया, नेदरल्यान्ड्स र इटालीले अन्तिम चारमा स्थान पक्का गरिसकेका छन् ।

तालिकामा समान ६ खेल सकिँदा स्पेन ११ अंकसहित शीर्ष स्थानमा रह्यो भने पोर्चुगल १० अंकमा सीमित हुन पुग्यो । अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा स्टार फुटबलर रोनाल्डोको जादु चल्न सकेन ।