मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज १० सोमबार
  • Wednesday, 02 September, 2026
२o७९ असोज १० सोमबार २o:३१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

लखनउमा ट्र्याक्टर र ट्रली पोखरीमा खस्दा १० जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १० सोमबार २o:३१:oo

भारतस्थित उत्तर प्रदेशको राजधानी लखनउको इटौन्जादेखि कुम्हराबानतर्फ जाँदै गरेको ट्रयाक्टर पल्टिँदा १० जनाको मृत्यु भएको छ। उक्त ट्रयाक्टरमा ४६ जना सवार थिए।

ट्रली पल्टिएर पोखरीमा खस्दा सो दुर्घटना भएको बताइएको छ। घाइतेहरूलाई इटौन्जा सिएचसीमा भर्ना गरिएको छ। लखनउ रेन्जका आइजी लक्ष्मी सिंहले बताएअनुसार ट्रयाक्टरको ट्रली असन्तुलन भएर इटौन्जाको पोखरीमा पल्टिएको थियो। एसडिआरएफको टोली घटनास्थलमा पुगेर ३७ जनाको उद्धार गरिसकेको छ।