१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
एजेन्सी मस्को
Invalid date format १६:o२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसको एक विद्यालयमा आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी, मस्को
नयाँ पत्रिका
Invalid date format १६:o२:oo

रुसको एक विद्यालयमा एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। मध्यरुसको इजास्क सहरस्थित उक्त विद्यालयमा भएको बन्दुक हमलामा अन्य २१ जना घाइते भएकाे बताइएको छ।

बिबिसीका अनुसार मारिनेमा सात बालबालिका, दुई शिक्षक र दुई सुरक्षागार्ड पनि रहेका छन्। हमलापछि आक्रमणकारीले आफैँमाथि गोली चलाएर आत्महत्या गरेको बताइएको छ। आक्रमण के–कति कारणले भयो भन्ने स्पष्ट नभएको अधिकारीहरूले जनाएका छन्।

रुसी सञ्चारमाध्यममा प्रसारित भिडियोहरूमा विद्यालयको भवनभित्र गोली चलेको तथा कक्षाकोठामा रगत र झ्यालमा गोली लागेको चिह्न देखिएको छ। आत्महत्या गरेका आक्रमणकारीले नाजीको चिह्न भएको टिसर्ट लगाएको अनुसन्धान कमिटीले जनाएको छ।