१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज ९ आइतबार २२:४७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फेसबुकमा सन्दीपको सन्देश– मानसिक र शारीरिक रूपले असन्तुलित छु, उपचारपछि नेपाल फर्कन्छु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज ९ आइतबार २२:४७:००

किशोरी बलात्कार अभियोगमा पक्राउ पुर्जी जारी भएका नेपाली राष्ट्रिय क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू अस्वस्थ रहेको भन्दै उपचारपछि नेपाल फर्कने बताएका छन् । 

सम्पर्कविहीन भएको लामो समयपछि आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अस्वस्थताका कारण यसबीच नेपाल फर्कन नसकेको भन्दै चाँडै नेपाल फर्कने दोहोर्‍याएका हुन् । उनले कानुनी लडाइँका लागि पनि चाँडै नेपाल फर्कने दोहोर्‍याएका छन् । बलात्कारको झुटाे जाहेरीपछिका घटनाक्रमले आफूलाई विक्षिप्त बनाएको उनको भनाइ छ । 

‘मेराेविरुद्ध भदौ २१ गते परेको जाहेरीभदौ २२ गते थाहा पाएँ । मविरुद्ध परेको झुटाे जाहेरीको विषयमा विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्यतथ्य नबुझी झुटाे जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरू आए । मेरो नाममा वारेन्ट जारी भएको समाचार र मविरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रूपमा विक्षिप्त बनायो । के गर्ने के,नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन,’ उनले भनेका छन् । 

२१ भदौयताका घटनाक्रमले आफ्नो मानसिक अवस्थामा असर गरेको र बिरामी अवस्थाबाट गुज्रिनुपरेको उनको दाबी छ । ‘यी सब कुराले मलाई एकातिर मानसिक असर गर्‍याे भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिनुपर्‍याे र मानसिक तनाव र स्वास्थ्य खराबीको कारणले आइसोलेसनमा बसेको छु,’ उनले भनेका छन्, ‘झुटाे जाहेरीकै भरमा अपराधीको चित्रणले म मानसिक र शारीरिक रूपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगी डाक्टरको सल्लाहमा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु । मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जतिसक्दो चाँडो नेपाल फर्किएर मविरुद्धको झुटाे उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।’

उनले उनले आफूविरुद्ध झुटाे जाहेरी परेको भोलिपल्टबाटै विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सत्यतथ्य नबुझी एकलौटी रूपमा समाचारहरू आउनु, वारेन्ट जारी हुनु र आफूविरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मानसिक रूपमा विक्षिप्त बनाएको उल्लेख गरेका छन् । 

  सम्बन्धित समाचारहरू ः

  बलात्कार अभियोग प्रमाणित भए सन्दीपलाई १२ वर्ष जेल  

  राष्ट्रिय टिमबाट सन्दीप निलम्बित

  कानुनी उपचारमा सहयोग गर्न क्यानसँग सन्दीपको अपिल

  संकटमा सन्दीपको करिअर

  सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी