१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ९ आइतबार
  • Monday, 30 June, 2025
२o७९ असोज ९ आइतबार १९:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचन जनविरोधी तत्व पराजित गर्ने अवसर : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ९ आइतबार १९:४७:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी मंसिर ४ गते हुने आमनिर्वाचनलाई नेपाली जनताले आफ्नो भाग्य र देशको भविष्य बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन्। 

आगामी निर्वाचनले लोकतन्त्र बचाउने र जनविरोधी तत्वलाई पराजित गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै उनले निर्वाचनमा गम्भीर भएर देशको विकास र समृद्धिमा काम गर्न सक्ने, सक्षम नेतृत्व चुन्नुपर्ने खाँचो रहेको औँल्याए। 

आज झापाको दमकमा आयोजित कार्यक्रममा बोल्दै ओलीले भने, ‘आगामी निर्वाचनबाट जनविरोधी तत्व पराजित भए मात्र देशले समृद्धिको गति लिने छ।’ उनले अब जनताले देश विकास र समृद्धिका लागि एमालेलाई जिताउने दाबी गरे।