१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १७:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘नागरिकता विधेयक रोकेर राष्ट्रपतिले देशलाई जोगाउनुभयो’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:o२:oo

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नागरिकता विधेयक रोकेर राष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई जोगाएको बताएका छन्। विदेशी शक्तिको इसारामा पाँचदलीय गठबन्धनले नागरिकता विधेयक ल्याएको बताउँदै राष्ट्रपतिले रोकेका कारण देश दलदलमा फस्नबाट जोगिएको जिकिर गरे। 

विदेशीको इसारामा पाँचदलीय गठबन्धन बनेको उनले बताए। एमसिसी र नागरिकता विधेयक पारित गर्न विदेशीको इसारामा पाँचदलीय गठबन्धन बनेको बताउँदै उनले यसको सबैभन्दा दोषी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भएको दाबी गरे। 

‘भारतीय एकाधिकारको योजनाअनुसार पाँचदलीय गठबन्धनको जन्म भएको हो,’ उनले भने। 

जन्मको आधारमा नागरिकता पाएका सन्ततीलाई वंशजको नागरिकता दिँदा देशलाई दूरगामी असर पर्ने भएकाले नेपाल मजदुर किसान पार्टीले यसको विरोध गरेको उनको भनाइ छ। 

‘नागरिकता विधेयक पारित भएको भए अबको १० वर्षपछि नेपालको राष्ट्रपति, प्रधानमन्त्री, सभामुखजस्ता महत्वपूर्ण पदमा ट्रम्प, वाइडेनका सन्तती विराजमान हुने थिए। अनि देशको हालत के हुने थियो,’ सचिव सुवालले भने। 

बाबुआमा दुवैले वंशजका आधारमा नागरिकता पाएका सन्ततीलाई मात्र वंशजको नागरिकता दिनुपर्ने र वैवाहिक अंगीकृत नागरिकता पाउने समयसीमा २० वर्ष हुनुपर्ने उनको भनाइ छ। उनले अहिलेको अवस्था सिर्जना हुनुमा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मुख्य दोषी भएको धारणा राखे। 

‘पाँच वर्षसम्म प्रधानमन्त्री हुन्न भन्ने शेरबहादुर देउवालाई जबर्जस्ती प्रधानमन्त्री बनाउने प्रचण्ड र माधव नेपाल हो। एमसिसी पारित गर्ने र नागरिकता विधेयक ल्याउन तथा देशलाई भुमरीमा फसाउने मुख्य दोषी पनि उहाँहरू नै हो,’ उनले भने ।