१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रातिदेखि सुदूरपश्चिममा भारी वर्षाकाे सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:o८:oo

आज राति सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन कार्यालयले प्रेस नाेट जारी गर्दै सुदूरपश्चिम प्रदेशका सबैजसो स्थानमा भारी वर्षा हुने भएकोले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।  

आज राति १२ बजेदेखि सुरु हुने वर्षाकाे प्रभाव सोमबारसम्म रहने र कैलाली, कञ्चनपुर क्षेत्रमा डुबानकाे सम्भावना रहेकाे जनाइएको छ। 

आइतबार बेलुकासम्म नै न्यूनचापीय क्षेत्रको प्रभाव रहने भएकाले भिरालो ठाउँमा पहिरो तथा मैदानमा बाढी आउने सम्भावना भएकाले भिरालो जमिन र नदी आसपास क्षेत्रका नागरिकलाई विशेष सतर्कता अपनाउन पनि आग्रह गरिएको छ। साथै, कार्यालयले विपद् व्यवस्थापनका लागि सम्बन्धित संस्थालाई चनाखो रहन निर्देशन दिएको छ।