१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ असोज ८ शनिबार १८:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डा‍. केसी र सरकारबीच सहमति, अनशन तोडिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ असोज ८ शनिबार १८:२४:००

१३ दिनदेखि आमरण अनशनरत डा‍.गोविन्द केसी र सरकारी पक्षबीच सहमति भएको छ। केही बेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी र केसी पक्षबीच वार्ता भएको हो।

केसीले केही बेरमा अनशन तोड्ने वार्तामा सहभागी पृतम सुवेदीले जानकारी दिए। उनका अनुसार सरकारी पक्षले केसीका माग सम्बोधन गर्न सहमति गरेपछि अनशन तोड्न लागिएको हो।