१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार ११:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मोडेल अनासँग टोटनह्यामका स्टार एरिक डेटिङमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार ११:o३:oo

इंग्लिस प्रिमियर लिग टोटनह्यामका स्टार खेलाडी एरिक डिएर मोडेल अनासँग घुमफिरमा मस्त छन् । एरिकको प्रत्येक खेलमा अना रंगशालामा पुग्ने गर्छिन् । टोटनह्यामको खेल नहुँदा यी दुवै डेटिङमा निकिन्छन् । डेटिङका क्रममा एरिक र अना भरपूर मनोरञ्जन गर्छन् । टोटनह्यामका एरिक र अनाबीच प्रेमसम्बन्धको हल्ला छ । रमाइलो पक्ष के छ भने अना आर्सनलका पूर्वस्टार खेलाडी एलेक्सिस सान्चेजकी प्रेमिका हुन् । लामो समय सान्चेजसँगको सम्बन्ध तोडेर अना एरिकसँग नजिक भएकी हुन् । 

गत शनिबार टोटनह्यामले लेस्टर सिटमाथि ६–२ को सानदार जित निकाल्दा अना रंगशालामै थिइन् । २४ वर्षीया अनाले रंगशालामा एरिकको समर्थन गर्न आएको हाउभाउ देखाउँदै सेल्फी लिइन् । पाल मोर्गान सेलीले सोसेल मिडियामा एरिकसँग अनाको डेटिङबाहेक अन्य सम्बन्ध रहेको खुलासा गरेकी छिन् । पाल मोर्गान अनाकी साथी हुन् । 

‘अना र एरिक निकै खुसी छन्, दुवैले एक–आपसमा निकै माया गर्छन्,’ मोर्गानले भनिन्, ‘केही साताअघि मात्र एरिकले अनालाई महँगो गिफ्ट दिएका थिए ।’ केही साताअघि एरिक र अना सँगै घुमफिरमा गएको मोर्गानले जनाइन् । उनले भनिन्, ‘केही साताअघि हामी तीनजना एक स्थानमा गएका थियौँ, जहाँ हामी सबैले खुब रमाइलो गर्‍यौँ ।’ 

पाल मोर्गान सेलीले सोसल मिडियामा टोटनह्यामका खेलाडी एरिक र अनाबीच डेटिङबाहेक प्रेमसम्बन्ध रहेको खुलासा गरेकी छिन् । 

एरिकले आफू राष्ट्रिय इंग्लिस टोलीमा परेपछि पार्टीका रूपमा घुमाउन लगेको मोर्गानको भनाइ छ । २८ वर्षीय एरिकलाई इटालीविरुद्धको खेलमा प्रशिक्षक गेराथ साउथगेटले समावेश गरेका छन् । ‘राष्ट्रिय टोलीमा पर्दा एरिक निकै खुसी देखिन्थे, क्लबमा झैँ राष्ट्रिय टोलीमा समेत गोल गर्न चाहेका छन्,’ मोर्गानले थपिन् । 

 सान्चेजपछि एरिक
अनाले सुरुमा सामान्य परिचयबाट एरिकसँग सम्बन्ध गाँसेका थिए । मोर्गानलाई एरिक केवल साथी मात्र भएको अनाले बताएकी थिइन् । ‘अनाले सुरुमा एरिकलाई एक साथीकै रूपमा लिएकी थिइन्, बिस्तारै दुईबीचको सम्बन्ध प्रगाढ हुँदै गयो, यतिवेला उनीहरू सिरियस छन्,’ मोर्गानले भनिन् । सन् २०२० मा अनाले आर्सनलका खेलाडी सान्चेजलाई छाडेकी थिइन् । सान्चेजसँग सम्बन्ध तोड्नुअघि अनाले सिरिएमा उडिनेसविरुद्धको खेल हेर्न पुगेकी थिइन् । तत्कालीन प्रेमी सान्चेजले इन्टर मिलानबाट उडिनेसविरुद्ध प्रतिस्पर्धा गरेका थिए । यता एरिकले सन् २०१४ देखि पोर्चुगाली मोडेल हान्सेनबाट टाढिएपछि अनासँगै नजिक भएका हुन् । 
 

ad
ad