मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format २o:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पौडी खेल्ने क्रममा तीन बालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:o३:oo

पौडी खेल्ने क्रममा हेटौंडा उपमहानगरपालिकाका तीन बालकको मृत्यु भएको छ। 

शुक्रबार साँझ ५ः३० बजे हेटौंडा ५ र ७ नम्बर वडाको सिमानामा पर्ने न्यूरेनी नागदहस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा चारमध्ये तीन बालकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार साँझ करिब ६ बजेदेखि बेपत्ता बालकहरुको खोजी गर्दा उनीहरु मृत फेला परेका हुन्। 

मृत्यु हुनेमा हेटौंडा–१५ फायरलाइन निवासी १७ वर्षीय साहिल लामा, १२ वर्षीय कर्साङ जिम्बा र १३ वर्षीय संजीव मोक्तान रहेको प्रहरीले जनाएको छ।

पौडि खेल्ने क्रममा खोला गहिरो महसुस गरेपछि हेटौंडा–८ फायरलाइन निवासी १२ वर्षीय रियान्स माझी आफैँ खोला किनार लागेका थिए। उनीसँगै पौडिएका तीन बालक बगेको देखेपछि रियासले स्थानीयलाई बोलाएका थिए। मृत बालकहरुलाई पौडी खेल्ने हामफालेको स्थानमै फेला पारिएको थियो।

‘बालकहरु पौडी खेल्न हामफालिएको स्थान गहिरो रहेको पाइएको छ। पौडी खेल्न हामफालेपछि उनीहरु दलदल माटोमा गाडिएको र हामीले टाउको गाडिएको अवस्थामा मृत फेला पारेका हौं।’ बालकहरु बेपत्ता भएको खबर पाएपछि प्रहरीले खोजीका लागि सेना र सशस्त्र प्रहरीको टोली खटिएको थियो।