मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज ६ बिहीबार
  • Friday, 14 August, 2026
रासस न्युयोर्क
२o७९ असोज ६ बिहीबार १५:५३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जी- ७ राष्ट्रद्वारा रुसको ‘बढ्दो कदम’को निन्दा

Read Time : < 1 मिनेट
रासस, न्युयोर्क
नयाँ पत्रिका
२o७९ असोज ६ बिहीबार १५:५३:oo

जी– ७ का विदेशमन्त्रीहरूले युक्रेनमा युद्धका लागि आंशिक सेना परिचालन गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको कदमपछि रुसविरुद्ध थप प्रतिबन्धहरू लगाउने बताएका छन्।

सात समूहका मन्त्रीहरूले रुसको बढ्दो कदमहरूको निन्दा गरेका छन्। सेनाको आंशिक परिचालन र गैरजिम्मेवारपूर्ण आणविक हतियार समावेश रहेको विदेशमन्त्रीहरूद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

जी– ७ ले अझ थप लक्षित प्रतिबन्धहरू पछ्याउने  र रुसमाथि निरन्तर आर्थिक र राजनीतिक दबाब दिन प्रतिबद्ध रहेको संयुक्त राष्ट्रसंघ महासभाको बैठकपछि बताएका छन्। ‘हामी अध्ययन गर्नेछौँ, हामी नयाँ प्रतिबन्धात्मक उपायहरू अपनाउनेछौँ– व्यक्तिगत र क्षेत्रगत दुवै,’ बैठकमा भाग लिने इयू विदेश नीति प्रमुख जोसेप बोरेलले आफ्ना युरोपेली सहकर्मीहरूसँगको बैठकपछि बुधबार पत्रकारहरूलाई भने।
 
क्यानडा, संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायतका जी– ७ मन्त्रीहरू साथै युरोपेली संघका शीर्ष कूटनीतिज्ञहरूले पनि कब्जा गरिएको डोनबासमा ‘सार्वभौम युक्रेनी भूमिमा झुटो जनमतसंग्रह’ गर्ने योजनाको निन्दा गरेका छन्।

रुसी सेनाहरूको उपस्थितिमा मतदान स्वतन्त्र वा निष्पक्ष हुन नसक्ने पनि उनीहरूले बताए। उनीहरूले हालैका हप्ताहरूमा आक्रमणको निशाना बनेको जापोरिझिया आणविक ऊर्जा केन्द्रको नियन्त्रण युक्रेनलाई फिर्ता दिन पनि रुसलाई आह्वान गरेका छन्।