१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ६ बिहीबार
  • Monday, 07 July, 2025
रासस खार्तोम
२o७९ असोज ६ बिहीबार ११:४९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सुडानमा बाढीबाट १४६ जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, खार्तोम
नयाँ पत्रिका
२o७९ असोज ६ बिहीबार ११:४९:oo

सुडानमा हालै आएको बाढी र पहिरोबाट ज्यान जानेको संख्या एक सय ४६ पुगेको छ। थप केही व्यक्ति हराइरहेका यहाँको नेसनल काउन्सिल फर सिभिल डिफेन्सलाई उदृत गर्दै समाचारहरूमा जनाइएको छ।

सो काउन्सिलले यहाँ सेप्टेम्बर २१ तारिख अर्थात् बुधबारसम्ममा यहाँ बाढी–पहिरोबाट ज्यान जाने नागरिकको संख्या एक सय ४६ पुगेको जानकारी दिएको छ। हालै यहाँ आएको बाढीले पाँच हजारभन्दा बढी घर बगाएको छ भने अरू सात हजार घरमा क्षति पुगेको छ। यहाँको उत्तरी क्षेत्रका दुई सय ५० भन्दा बढी गाउँमा बाढीले क्षति पुर्‍याएको छ। बाढीबाट दसौँ हजार हेक्टर जमिनको खेती नष्ट भएको छ भने सार्वजनिक यातायात तथा भौतिक संरचनामा क्षति भएको छ।

गत जुन महिनादेखि यहाँ बाढीबाट कम्तीमा एक लाख ३६ हजार व्यक्ति प्रभावित हुन पुगेका छन्। उनीहरूमध्ये आधाभन्दा बढीको घर ध्वस्त भएकाले विस्थापित भएका हुन्।