मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७९ असोज ६ बिहीबार ०८:३९:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

इन्स्टाग्राममा सर्वाधिक कमाउने रोनाल्डो

Read Time : > 2 मिनेट
एजेन्सी
२०७९ असोज ६ बिहीबार ०८:३९:००

खाडी राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ जति नजिकिँदै छ, यसको चर्चा पनि त्यत्तिकै बढिरहेको छ । बेलायती सञ्चारमाध्यमहरूले विश्वकपअघि सोसल मिडिया इन्स्टाग्राममा प्रभावशाली देखिएका खेलाडीको चर्चा गरेका छन् । सर्वाधिक प्रभाव बनाएको र आम्दानी गर्नेमा शीर्ष दश खेलाडी डेलीमेलले सार्वजनिक गरेको छ । जसमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो शीर्ष स्थानमा छन् । रोनाल्डोलाई अर्जेन्टिनी कप्तान लियोनल मेसीले पछ्याएका छन् । ‘नियल्सन स्पोर्टस्’ले तयार पारेको रिपोर्ट यस्तो छ :

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
आम्दानी ३.१ मिलियन पाउन्ड

विश्वकपअघि इन्स्टाग्राममा सबैभन्दा प्रभावशाली खेलाडीमा रोनाल्डो देखिएका छन् । पोर्चुगलको प्रतिनिधित्व गर्दै विश्वकपमा सहभागी हुनेछन् । म्यानचेस्टर युनाइटेडका स्ट्राइकरले सामाजिक सञ्जालमा ४८१ मिलियन फलोअर्स छन् । उनको व्यक्तिगत पोस्टबाट आउने आम्दानी खातामा जम्मा हुन्छ । उनको हरेक पोस्टको मूल्य ३.१ मिलियन पाउन्डको हुने गर्दछ । यस वर्ष सोसल मिडियामा उनको फलोअर्स ४७ प्रतिशतले बढेको छ । 

लियोनल मेसी (अर्जेन्टिना)
आम्दानी २.३ मिलियन पाउन्ड

फुटबल क्षेत्रमा रोनाल्डो र मेसीबीच हरेक क्षेत्रमा प्रतिस्पर्धीका रूपमा छन् । इन्स्टाग्राम फलोअर्स र आम्दानीको पक्षमा समेत रोनाल्डो र मेसीबीच जुहारी नै चल्ने गर्छ । मेसीको ३६० मिलियन फलोअर्स छन् । उनको व्यक्तिगत पोस्टको मूल्य २.३ मिलियन पाउन्ड रहेको छ । १७ वर्ष बार्सिलोनाको बसाइपछि मेसी पेरिस सेन्ट जर्मेन (पिएसजीबाट खेलिरहेका छन् । यस वर्ष मेसीको फलोअर्स ३८.०३ प्रतिशतले बढेको छ । 

नेमार जुनियर (ब्राजिल)
आम्दानी : एक मिलियन पाउन्ड

पिएसजीमा मेसी र ब्राजिलियन खेलाडी नेमारबीचको सम्बन्ध निकै राम्रो छ । मैदानभित्र र बाहिर यी दुई खेलाडीबीचको सम्बन्ध सुमधुर मानिन्छ । सामाजिक सञ्जालमा समेत मेसी र नेमारको दौड सँगै छ । यस वर्ष इन्स्टाग्रामबाट सर्वाधिक कमाइ गर्ने खेलाडीमा नेमार तेस्रो स्थानमा छन् । नेमारले रोनाल्डो र मेसीलाई पछ्याइरहेका छन् । नेमारलाई इन्स्टाग्राममा पछ्याउनेको संख्या १७८ मिलियन छन् । नेमारको व्यक्तिगत पोस्टको मूल्य एक मिलियन पाउन्ड रहेको छ । नेमारलाई यस वर्ष थप १३.११ मिलियनले पछ्याएका छन् । 

केलियन एम्बाप्पे (फ्रान्स)
आम्दानी : एक मिलियन पाउन्ड

चार वर्षअघि रसियामा भएको विश्वकपमा फ्रान्सेली खेलाडी एम्बाप्पे खुबै चम्केका थिए । एक किसिमले रसिया विश्वकप एम्बाप्पेमय बनेको थियो । सो विश्वकपको प्रिक्वार्टरफाइनलमा अर्जेन्टिनाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेसँगै उनलाई विश्व फुटबलको नयाँ स्ट्राइकरका रूपमा हेरियो । अहिले पनि एम्बाप्पेले आफ्नो फर्मलाई कायम राखेका छन् । पिएसजीका खास खेलाडी एम्बाप्पेको सामाजिक सञ्जालको फलोअर्स ७२.५ मिलियन छ । उनी इन्स्टाग्रामबाट एक मिलियन पाउन्ड कमाउने गर्छन् । पछिल्लो समय उनको इन्स्टाग्राम फलोअर्स ३२.५२ प्रतिशतले बढेको छ । 

भिनिसियस जुनियर (ब्राजिल)
आम्दानी : पाँच लाख ९९ हजार पाउन्ड

ब्राजिलियन स्ट्राइकर भिनिसियस जुनियरले रियल म्याड्रिडबाट सन् २०२१÷०२२ को सिजनको फाइनलमा गोल गरेका थिए । उनकै गोलको सहयोगमा म्याड्रिडले च्याम्पियन्स लिगको उपधि उचालेको थियो । सो वर्ष रियल भिनिसियसमय बनेको थियो । मैदानमा निकै छरितो दौडने भिनिसियसको इन्स्टाग्राम फलोअर्स यस वर्ष मात्रै ८९.६९ प्रतिशतले बढ्यो । रियलका भिनिसियसको फलोअर्स २३ मिलियन छ । उनको व्यक्तिगत पोस्टको कमाइ पाँच लाख ९९ हजार पाउन्ड छ । 

करिम बेन्जिमा (फ्रान्स)
आम्दानी  :चार लाख २८ पाउन्ड

रियलबाट रोनाल्डोको बहिर्गमनपछि फ्रेन्च स्ट्राइकर बेन्जिमाले आफ्नो प्रतिभा भरपूर देखाए । रोनाल्डो हुँदा बेन्जिमा छायामा परेका थिए । अहिले बेन्जिमा रियलकै नम्बर एक स्ट्राइकरका रूपमा छन् । बेन्जिमाले सन् २०२१÷०२२ को सिजनमा तहल्का मचाए । स्पेनिस ला लिगा र च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडलाई जिताउँदा बेन्जिमाले प्रभावशाली प्रदर्शन गरे । बेन्जिमा इन्स्टाग्राममा सर्वाधिक रुचाइने फुटबल खेलाडीको शीर्ष ६ मा पर्छन् । उनको फलोअर्स ५८ मिलियन रहेको छ । गत वर्ष बेन्जिमाको फलोअर्स ३८.४१ प्रतिशतले बढेको थियो । बेन्जिमाले इन्स्टाग्राम पोस्टबाट चार लाख २८ हजार पाउन्ड आर्जन गर्छन् । 

पाउलो डिबाला (अर्जेन्टिना)
मूल्य : चार लाख ३० हजार पाउन्ड

अर्जेन्टिनी युवा स्ट्राइकर डिबाला यस सिजन सिरिए क्लब एएस रोमामा आबद्ध भए । युभेन्टसमा प्रभाव जमाएसँगै सहरी प्रतिद्वन्द्वी रोमा पुगेका डिबाला सामाजिक सञ्जालमा समेत उत्तिकै रुचाइएका छन् । इन्स्टाग्राममा डिबालाको फलोअर्स ४९ मिलियन छ । यस वर्ष उनको फलोअर्स १२.१८ प्रतिशतले बढेको छ । डिबालाको इन्स्टाग्राम पोस्टको ब्रान्ड मूल्य चार लाख ३० हजार  पाउन्ड छ । 

एन्गोलो कान्टे (फ्रान्स)
आम्दानी : चार लाख ५९ हजार पाउन्ड

फ्रान्सका खेलाडी एन्गोलो कान्टेको इन्स्टाग्रामको रेट ११.१८ प्रतिशत छ । चेल्सीका मिडफिल्डर कान्टे इंग्लिस क्लबबाट शीर्ष १० मा पर्ने एक्ला खेलाडी हुन् । उनी आठौँ स्थानमा छन् । कान्टेको फलोअर्स १४ मिलियन छ । यस वर्ष मात्रै उनको फलोअर्स २३.८९ प्रतिशतले वृद्धि भएको छ । कान्टेले व्यक्तिगत पोस्टबाट चार लाख ५९ हजार पाउन्ड कमाउँदै आएका छन् । 

पाउल पोग्बा (फ्रान्स)
आम्दानी : तीन लाख ५६ हजार पाउन्ड

कतार विश्वकप नजिकिँदै गर्दा पाउल पोग्बा भने दोधारमा छन् । घुँडाको चोटका कारण उनी खेल्ने वा नखेल्ने टुंगो लागेको छैन । पोग्बाको इन्स्टाग्रामको व्यक्तिगत पोस्टको मूल्य ३५६ मिलियन रहेको छ । पोग्बाको फलोअर्स यस वर्ष १८.४८ प्रतिशतले वृद्धि हुँदा जम्मा फलोअर्स ५५ मिलयन छन् । उनको एक ब्रान्ड पोस्टको मूल्य तीन  लाख ५६ हजार पाउन्ड छ । 

सर्जियो रामोस (स्पेन)
आम्दानी : तीन लाख २२ हजार पाउन्ड

स्पेनका पूर्वकप्तान तथा डिफेन्डर सर्जियो रामोस इन्स्टाग्राममा सर्वाधिक कमाउने र फलोअर्स हुने खेलाडीमा दशौँ स्थानमा छन् ।  यस वर्ष उनको फलोअर्स १०.९२ ले बढ्दा जम्मा ५३ मिलियन रहेको छ । रामोसको इन्स्टाग्राम ब्रान्ड मूल्य तीन लाख २२ हजार पाउन्ड छ ।