१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ४ मंगलबार
  • Sunday, 11 May, 2025
रासस बैतडी
२o७९ असोज ४ मंगलबार १२:१३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बैतडीमा पाटन प्रिमियर लिग सुरु

Read Time : < 1 मिनेट
रासस, बैतडी
नयाँ पत्रिका
२o७९ असोज ४ मंगलबार १२:१३:oo

बैतडीको पाटनमा दोस्राे संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) पुरुष टी–२० खुला क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन गर्दै पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले नगरपालिकाले खेलकुदको विकास र खेलाडी उत्पादनका लागि सहयोग गर्ने बताए।  

वडा नम्बर ६ स्थित कृष्ण माविको खेलमैदानमा  भएको उद्घाटन खेलमा धारिलो क्रिकेट क्लबले भूमेश्वर युवा क्लबलाई पराजित गरेको छ। यस्तै, अर्को खेलमा महामाया क्रिकेट क्लबलाई पछि पार्दै ग्वाल्लेक क्रिकेट क्लब विजयी भएको छ। २४ टोली सहभागी प्रतियोगिता असोज १५ गते सम्पन्न हुने आयोजक पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले बताए। 

प्रतियोगिताको विजेता टोलीले  रु. १ लाख ११ हजार एक सय ११ सहित ट्रफी र प्रमाणपत्र पाउनेछ भने उपविजेता टोलीले रु. ५५ हजार पाँच सय ५५ हात पार्नेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई ‘म्यान अफ दी सिरिज पुरस्कार’ स्वरूप रु ११ हजार एक सय ११ सहित प्रमाणपत्र प्रदान गरिनेछ।

बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले जनही रु. पाँच हजार पाँच सय ५५ प्राप्त गर्ने जनाइएको छ। उदयीमान खेलाडीलाई रु. एक हजार एक सय ११ र  प्रत्येक खेलमा म्यान अफ दी म्याच खेलाडीलाई ट्रफी प्रदान गरिनेछ।