Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एमाले अध्यक्ष केपी ओली । तस्बिर : नयाँ पत्रिका अर्काइभ
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २ आइतबार १८:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले चोलेन्द्रलाई 'नजरबन्द' गरेको ओलीको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २ आइतबार १८:३९:००

एमाले अध्यक्ष केपी ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले नजरबन्द गरेको आरोप लगाएका छन् । समानुपातिकतर्फका उम्मेदवार चयन गर्न बालकोटमा आज बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रहरी लगाएर सरकारले नजरबन्द गरेको भन्दै आपत्ति जनाए ।

‘सेना, प्रहरी छ भन्दैमा कसैलाई नजरबन्द गर्न पाइन्छ, घर घेर्न पाइन्छ ?,’ ओलीले भने, ‘लोकतन्त्रमा कसैलाई नजरबन्द गर्न पाइँदैन ।’ उनले सत्ता गठबन्धनले शक्तिपृथकीकरणको सिद्धान्तविपरीतका काम गरेर न्यायालय र संवैधानिक निकायलाई ध्वस्त बनाउने काम गरेको आरोप पनि लगाए । 

हिजो महाभियोग समितिले जबरालाई महाभियोग लगाउन बहुमतले प्रतिनिधिसभालाई सिफारिस गरेलगत्तै जबरालाई अदालत फर्कने प्रयास गरेका थिए । 

त्यसक्रममा उनले आज बिहान ११ बजे अदालत फर्कने भन्दै मुख्य रजिष्ट्रारलाई आवश्यक प्रबन्ध गर्न निर्देशन दिएका थिए । तर, सरकारले बिहानैदेखि प्रहरी परिचालन गरी उनलाई सरकारीनिवासबाट बाहिर निस्कन दिएको थिएन । नेपाल बार र सर्वोच्च बारले पनि अदालतको गेटमै रोक्ने तयारी गरेका थिए । सरकारले अदालतको गेटमासमेत पर्याप्त सुरक्षाकर्मी परिचालन गरेको थियो ।