मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर १७ शनिबार
  • Saturday, 03 December, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २ आइतबार १६:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुरक्षाका लागि प्रधानन्यायाधीशनिवासमा प्रहरी राखिएको हाे : एसएसपी कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २ आइतबार १६:२०:००

निमित्त प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निवासबाट निस्कन नदिइएको विषय अस्वीकार गरेका छन्। आइतबार सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै एसएसपी कार्कीले सुरक्षाको विषयले मात्र प्रधानन्यायाधीशको निवासमा प्रहरी राखिएको बताए।

सुरक्षाका कुनै विषय नउठोस् भनेर अन्य दिनभन्दा केही बढी सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ छ। ‘सुरक्षाको विषयले प्रधानन्यायाधीशको निवासमा प्रहरी राखिएको हो। निवासबाट सामान्यजस्तै अन्यत्र जान पाउनुहुन्छ,’ उनले भने, ‘अन्य दिनभन्दा बढी उपस्थित भएकाले रोकेको भन्ने बुझाइ हुन सक्छ। सुरक्षाको विषयमा केन्द्रित भएर प्रहरी राखिएको हो।’

यसअघि निवासमै रोकिएको भन्ने विषयमा जबराले आक्रोशित हुँदै आफू सर्वोच्च जाने तयारीमा रहे पनि सरकारले निवासमै रोकेको बताएका छन्।