१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ६ आइतबार १o:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

प्रदूषणले निम्त्याउँछ यस्ता समस्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १o:४८:oo

जटिल समस्या 

प्रदूषित वायुमा केमिकल र सल्फर अक्साइड ग्यास हुने भएकाले अधिकांशमा दमको समस्या देखिने गरेको छ । त्यस्तै, छातीमा संक्रमण भई निमोनिया हुन्छ । यस्तो भएमा पछि गएर फोक्सोमा क्यान्सर हुने सम्भावनासमेत हुन्छ । 

- प्रदूषित वायुका कारण दमका रोगीलाई सास फेर्न गाह्रो हुने हुन्छ । बारम्बार अस्पताल गइराख्नुपर्नेजस्ता जटिलता थपिन्छन् ।

- प्रदूषण र चिसोको सम्मिश्रणले बुढाबुढीमा मौसमी रुघाखोकी (भाइरल इन्फ्लुएन्जा)को समस्या बढी देखिने गरेको छ । खासगरी, ६० वर्षभन्दा माथिका मानिसमा यस्तो समस्या देखिएको छ ।

- लामो समय प्रदूषित वातावरणमा बस्दा दीर्घकालीन असरस्वरूप छातीमा संक्रमण भई क्रोनिक अस्ट्रटिज लङ डिजिजजस्ता निको नहुने रोग लाग्न सक्छन् ।  

रोकथाम

प्रदूषणबाट बच्नु सबैभन्दा बुद्धिमानी हो । धुलो–धुवाँबाट बच्न अनिवार्य रूपमा मास्क लगाएर हिँड्ने । विभिन्न संक्रमणबाट बच्न धेरै भिडभाडमा नजाने ।

- खानपान र जीवनशैलीमा ध्यान दिने । आफूवरपरको वातावरण सधैँ सफा राख्ने । 

ad
ad