१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार o९:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला    

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o९:३६:oo

दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुलाई लक्ष्य गरेर सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । देशका विभिन्न क्षेत्रबाट  राजधानी काठमाडौँमा अध्ययन, व्यापार, व्यवसाय तथा रोजगारीका लागि आएकाहरु चडपर्व मनाउन घर जानेहरुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

एकैपटक लाखौँ व्यक्तिले काठमाडौँ छोड्ने हुँदा यात्रुको भीड बढ्ने भएकोले विगतदेखि नै दसैँ अगाडि टिकटको अग्रिम बुकिङ खुला गरिँदै आइएको छ । यातायात व्यवसायी, ट्राफिक प्रहरी र सरोकारवाला निकायको सहकार्यमा गत भदौ २२ गते बसेको बैठकको निर्णयअनुसार यातायात व्यवस्था विभागले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको जानकारी दिए।  नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलंकीलगायत स्थानबाट अग्रिम टिकट बुकिङ सुरु गरिएको उनले बताए ।

अध्यक्ष स्वाँरका अनुसार पश्चिमको धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभिट्टा, उदयपुरलगायत स्थानमा जानका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । यातायात व्यवसायीले भने देशका मुख्य सडकलाई मर्मतसम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायसँग अनुरोधसमेत गरेका थिए ।

यस वर्षको अग्रिम टिकट बुकिङ खुला गर्नका लागि नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा टिकट बुकिङ काउण्टर थप गरेको छ । प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले दसैँमा घर जाने यात्रुलाई व्यवस्थितरुपमा टिकट प्रदान गर्नका लागि बस टिकट काउण्टर थप गरिएको जानकारी दिए ।  

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्ष्य गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले उक्त कक्षमार्फत राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर निर्धारका साथै यात्रुलाई गन्तव्यस्थलसम्म सहजै पुग्न समन्वय गरिने बताए ।     
 
 

ad
ad