Skip This
पेट्रोलियम पदार्थ मूल्यवृद्धि असर : ढुवानी नहुँदा जुम्लामा नुन अभाव
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १ शनिबार
  • Tuesday, 13 May, 2025
२o७९ असोज १ शनिबार o६:४५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पेट्रोलियम पदार्थ मूल्यवृद्धि असर : ढुवानी नहुँदा जुम्लामा नुन अभाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १ शनिबार o६:४५:oo

कर्णाली राजमार्ग सञ्चालन भएपछि पहिलोपटक जुम्लामा नुनका गोदाम रित्तिएका छन् । कर्णाली राजमार्ग सञ्चालनसँगै दुई दशकदेखि जुम्लामा नुनको अभाव नभएकोमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढुवानी रोकिँदा यसपटक गोदाम रित्तिएको हो ।  कर्णाली राजमार्ग पुग्नुभन्दा अघि यहाँ नुनको राजनीतिक खिचातानी नै हुने गरेको थियो । नेताहरूका घर धाउनुपर्ने अवस्था थियो । सडक विस्तारसँगै पहुँचवालाले मात्र नुन पाउने अवस्था अन्त्य भएर सहज रूपमा आमनागरिकले पनि नुन पाउने अवस्था भएको थियो । 

दसैँ–तिहारजस्ता चाडपर्व नजिकिँदै गएका वेलामा नागरिकको भान्सामा नभइनहुने नुन जुम्लामा अभाव भएको छ । यसले गर्दा नागरिकलाई उही पुरानो अवस्थाले झस्काएको छ । जुम्लाको सदरमुकाम खलंगासहित नराकोट र गोठीज्यूला गरी तीनवटा नुनका डिपो रहेका छन् । सिँजा गाउँपालिका–२, चुलेल गाउँका रतन बडले नराकोटस्थित डिपो नुन अभाव भएपछि रित्तो हात घर फर्किनुपरेको गुनासो गरे । उनले भने, ‘नुन ढुवानी नभएकाले गोदाममा नुन छैन भन्ने कर्मचारीले प्रतिक्रिया दिने गरेका छन् ।’

ढुवानीको मूल्यभन्दा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि गत आर्थिक वर्षको थप दुई हजार तीन सय क्विन्टल ढुवानी नहुँदा जुम्लामा नुनको अभाव भएको हो । 
गत आर्थिक वर्षकै तीन हजार क्विन्टल बिक्री–वितरण भएर सकिएको छ । सरकारले इन्धनको मूल्यसँगै ढुवानी दररेट नबढाउँदा नुन ढुवानीमा समस्या भएको हो । जुम्लाका तीनवटै डिपोमा नुन वितरण रोकिएको छ । गोदाममा नुनको मौज्दात १० क्विन्टल मात्रै छ ।

गोदाममा नुनको मौज्दात १० क्विन्टल मात्रै भएपछि भदौ २६ गतेदेखि नुन वितरण रोकियो

गोदाममा कम नुन भएपछि भदौ २६ गतेदेखि नुन वितरण रोकिएको साल्ट टेड्रिङ उपशाखा जुम्लाका प्रमुख खगेन्द्रबहादुर मल्लले बताए । उनले भने, ‘चालू आर्थिक वर्षका लागि स्वीकृत दुई हजार पाँच सय क्विन्टल नुनमध्ये पहिलो चरणमा तीन सय ४० क्विन्टल ढुवानी गर्ने तयारी गरिएको छ । तर, जुम्ला आइपुगेको छैन । यो नुन जुम्ला नपुगेसम्म वितरण गर्न सक्ने अवस्था छैन । उनका अनुसार गत आवको थप कोटा नुन ढुवानी नहुँदा जुम्लामा नुनको अभाव भएको हो । चालू आवको स्वीकृत कोटामध्येको तीन सय ४० क्विन्टल नुन आउन थालेको उनको भनाइ छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालय जुम्लाका प्रमुख खगेन्द्र मल्लले जुम्लामा भरिभराउ नुनका गोदाम रित्तिएको बताए । उनले भने, ‘सडक सञ्चालनमा आएको ०६२ सालपछि पहिलोपटक नुन अभाव देखिएको हो । गोदाम रित्तो बनेका छन् । सेवाग्राहीलाई पर्याप्त नुन दिएर चित्त बुझाउन कठिन भइरहेको छ ।’दैनिक नुन लिने सेवाग्राहीको संख्या डेढ सयजति पुग्छ । प्रमुख मल्लका अनुसार प्रतिव्यक्ति पाँच केजी मात्र नुन दिने गरिएको छ । हप्ताको आइतबार, मंगलबार र बिहीबार गरेर तीन दिन मात्र डिपो खुला रहन्छ । तर, नुनको मौज्दात नहुँदा भदौ २६ देखि बन्द गरिएको छ ।