१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १७:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भोलि मध्यरातदेखि प्रतिनिधिसभा नरहने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १७:२५:oo

सरकारले भोलि राति १२ बजेदेखि संसद्काे चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आजै बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । 

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार राष्ट्रपतिसमक्ष अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेश सभाकाे कार्यकाल पनि शनिबार मध्यरातबाट सकिँदै छ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारको सूची बुझाउनु अघिल्लो दिनसम्म प्रतिनिधिसभाको कार्यकाल रहने व्यवस्था छ । निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने समय तोकेको छ । 

ad
ad