१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार २१:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चोलेन्द्र अर्को खिलराज बन्ने प्रयासमा थिए : पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार २१:५२:oo

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग समितिसँगको बयानमा विभिन्न कानुन व्यवसायीहरूलाई मुछेपछि बिहीबार समितिले केहीलाई बयानका लागि बोलाएको थियो । तीमध्ये एक थिए, नेपाल बार एसाेसिएसनका पूर्वमहासचिव लीलामणि पौडेल । 

केही दिनअघि समितिलाई बयान दिने क्रममा जबराले नेपाल बारका तत्कालीन महासचिव पौडेलले आफूलाई न्यायाधीश बनाउन दबाब दिएको आरोप लगाएका थिए । त्यसबारे समितिले बिहीबार पौडेललाई बयानका लागि बोलाएको थियो । 

त्यहाँ सांसदहरूले पौडेललाई जबराको आरोपबारे सोधे । जवाफमा पौडेलले भने जबरा प्रमुख दलका शीर्ष नेतालाई प्रभावमा पारेर कार्यपालिकाकै नेतृत्वमा पुग्ने योजनामा रहेको बताए । 

जबराले एकै समय केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डलाई खल्तीमा राख्न सक्ने भन्दै उनले भने, ‘उहाँले त्यसबखत भनेको सबै सार्वजनिक गर्दिनँ तर यो मुलुकको सारा बागडोर म हाँक्छु भन्ने तयारीमा हुनुहुन्थ्यो । खिलराज रेग्मी बन्ने तयारीमा हुनुहुन्थ्यो ।’

उनले आफूले जबरालाई एकल रूपमा भने कहिल्यै नभेटेको दाबी गरे । भेटेको प्रमाणित गरे कानुन व्यवसायीको इजाजतपत्र च्यातेर हिँड्ने र कहिल्यै वकालत नगर्ने उनको जिकिर थियो । 
 

ad
ad