१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ३० बिहीबार २१:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महाभियोग समितिले चोलेन्द्रलाई भोलि पनि बोलायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ३० बिहीबार २१:२२:००

महाभियोग समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भोलि पनि बोलाएको छ। पूरक प्रश्न सोध्नका लागि समितिले भोलि बिहान ९ बजे बस्ने बैठकमा जबरालाई बोलाएको हो। 

यसअघि बयानका क्रममा जबराले मुछेका कानुन व्यवसायीहरूसँग समितिले आज बयान लिएको थियो। आज वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, हरिहर दाहाल, रमण श्रेष्ठ, लीलामणि पौडेल, अभिवक्ता ओमप्रकाश अर्याललगायतसँग समितिले बयान लिएको हो। 

समितिका सचिव तथा प्रवक्ता लक्ष्मीप्रसाद गौतमले उनीमाथि थप प्रश्न सोध्ने कामसँगै प्रतिवेदन पनि तयार गर्ने तयारी भइरहेको जानकारी दिए।