१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘हृदय’को विशेष संस्करण लोकार्पण, नियमित संस्करण असोज पहिलो साता आउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:o५:oo

तीन दशकदेखि मुटुको उपचारमा संलग्न डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष सीमित संस्करण काठमाडौंमा सोमबार आयोजित विशेष समारोहमा लोकार्पण भएको छ। विशेष सीमित संस्करण एकपटकका लागि २५ सय प्रति मात्र मुद्रण गरिएको हो। 

यसको अंकित मूल्य पच्चीस हजार रुपैयाँ छ। विशेष सीमित संस्करणबाट प्राप्त हुने शतप्रतिशत रकम काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) निर्माण परियोजनामा खर्च गरिनेछ। विशेष संस्करण खरिद गरी सहयोग पुर्याउने २५ सय सहयोगीको नाम अस्पतालको शिलालेखमा समावेश गरिनेछ। 

डा. भगवान कोइराला र बालस्वास्थ्यमा समर्पित समूहले काठमाडौंसँगै सातै प्रदेशमा बाल अस्पताल निर्माणको लक्ष्य लिएको छ। यो बृहत् परियोजनालाई सफल पार्न आफूहरूले सानो पहल मात्र गरेको फाइनप्रिन्टले जनाएको छ।