१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
रासस किभ
Invalid date format १२:२९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रबाट ७३ हजार विस्थापित

Read Time : < 1 मिनेट
रासस, किभ
नयाँ पत्रिका
Invalid date format १२:२९:oo

युक्रेनको द्वन्द्व प्रभावित पूर्वी र दक्षिणी क्षेत्रहरूबाट गत महिनामा ७३ हजारभन्दा बढी मानिस विस्थापित गराइएको युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरूको पुनर्मिलन मन्त्रालयले जनाएको छ।

विशेष गरी अनिवार्य रूपमा विस्थापित गराउनुपर्ने पूर्वी डोनेट्स्क क्षेत्रबाट एक महिनामा करिब १६ हजार नागरिकलाई हटाइएको मन्त्रालयले जानकारी दिएको छ।  यसका साथै दक्षिणी युक्रेनको खेरसन र जापोरिज्जिया क्षेत्रका रुस नियन्त्रित क्षेत्रबाट ५० हजार मानिसलाई किभ नियन्त्रित क्षेत्रमा सारिएको पनि मन्त्रालयले जनाएको छ।

युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेश्चुकले अनिवार्य निकासीलाई अन्य द्वन्द्वग्रस्त क्षेत्रहरूमा विस्तार गर्न सकिने बताएकी छिन्। सिन्ह्वा