१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
एजेन्सी न्युयोर्क
२o८१ बैशाख २२ शनिबार o९:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

१९ वर्षीय युवा कार्लोस युएस ओपन च्याम्पियन

Read Time : < 1 मिनेट
एजेन्सी, न्युयोर्क
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:५८:oo

यस वर्षको युएस ओपन ग्रान्डस्लाममा पुरुषतर्फ पनि नयाँ च्याम्पियन निस्किएका छन् । स्पेनका १९ वर्षीय कार्लोस अल्कोरेजले आइतबार राति नर्वेका क्यास्पर रुडलाई ६–४, २–६, ७–१ र ६–३ को सेटमा हराउँदै वर्षको अन्तिम ग्रान्डस्लाम उपाधि हात पारेका हुन् ।

पुरुषतर्फको फाइनल खेल तीन घन्टा २० मिनेटसम्म चलेको थियो । जितसँगै कार्लोस पुरुषतर्फको एटिपी वरीयताको शीर्ष स्थानमा उक्लेका छन् । महिलातर्फ विश्व नम्बर एक खेलाडी इगा स्विआटेकले ट्युनिसियाकी ओन्स जावेरलाई ६–२ र ७–६ को सीधा सेटमा हराउँदै युएस ओपन विजेता बनेकी थिइन् । पुरुषतर्फका कार्लोस र महिलातर्फकी इगा युएस ओपनकै नयाँ च्याम्पियन हुन् ।

सबैभन्दा युवा खेलाडी 
युएस ओपनको पछिल्लो १७ वर्षको इतिहासमा कार्लोस युएस ओपन ट्रफी हात पार्ने सबैभन्दा कान्छो खेलाडी हुन् । सन् १९९० मा प्रिट संप्रासले १९ वर्षको उमेरमा युएस ओपन जितेका थिए । यसैगरी, सन् २००५ मा स्पेनका राफेल नाडालले १९ वर्षको उमेरमा फ्रेन्च ओपन पहिलोपटक हात पारेका थिए । गत वर्ष कार्लोस युएस ओपनको क्वार्टरफाइनलबाटै बाहिरिएका थिए ।

उपाधिसँगै कार्लोसले एटिपी वरीयतामा पनि नयाँ कीर्तिमान राखेका छन् । सबैभन्दा कान्छो खेलाडीका रूपमा एटिपीको शीर्ष स्थानमा पुग्ने खेलाडी कार्लोस बनेका छन् । सन् १९७३ देखि एटिपीको वरीयता सुरु भएको थियो । यसअघि अस्ट्रेलियाका लियटोन हेविट सन् २००१ मा शीर्ष स्थानमा पुगेका थिए । त्यसवेला उनको उमेर २० वर्ष आठ महिना २३ दिन थियो । 

ad
ad