Skip This
मेसीको आत्मविश्वास बढाउँदै नेमार
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २७ सोमबार
  • Tuesday, 13 May, 2025
पेरिस
२o७९ भदौ २७ सोमबार १o:o९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मेसीको आत्मविश्वास बढाउँदै नेमार

Read Time : > 1 मिनेट
पेरिस
नयाँ पत्रिका
२o७९ भदौ २७ सोमबार १o:o९:oo

सन् २०२१ मा पिएसजीमा आबद्ध भएका मेसीलाई प्रत्येक खेलमा आत्मविश्वास दिलाउने कार्य ब्राजिलियन नेमारले गरिरहेका छन् ।

अर्जेन्टिनी लियोनल मेसी र ब्राजिलियन नेमार जुनियर असाध्यै मिल्ने साथी हुन् । बार्सिलोनादेखि पेरिस सेन्ट जर्मेन (पिएसजी) सम्म सँगै खेल्दा नेमार र मेसी आपसमा दाजुभाइजस्तै व्यवहार गर्छन् । बार्सिलोना छाडेर पिएसजीमा मेसी आउँदा धेरै खुसी हुनेमा नेमार थिए । मेसीका लागि नेमारले आफूले लगाएको १० नम्बरको जर्सीसमेत दिन तयार भएका थिए । पिएसजीमा मेसीको यो दोस्रो सिजन हो । दोस्रो सिजनमा मेसीले पहिलोको तुलनामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । 

पहिलो सिजन भने मेसीको राम्रो थिएन । १७ वर्षपछि बार्सिलोना त्याग्दा मेसी भावुक बनेका थिए । उनले आफूलाई सम्हाल्न सकेका थिएनन् । यसै कारण मेसीको पहिलो सिजन पिएसजीमा राम्रो नभएको हो । उनले चार गोल तथा ६ पटक असिस्ट गरेका थिए । यसैबीच नेमारले मेसीलाई पहिलो सिजनमा आत्मविश्वास दिलाउन काम गरेको खुलासा गरेका छन् । 

‘मेसीको पहिलो सिजन राम्रो नभएको कसैलाई लुकाउनुपर्दैन, त्यसवेला मेसी भर्खर बार्सिलोना छाडेर पेरिस आएका थिए, उनका लागि यहाँ सबै नयाँ थियो,’ नेमारले भने, ‘नयाँ स्थानमा घुलमेल हुन समय लाग्छ, अझ त्यसमाथि पनि बार्सिलोनाको छाप छँदैथियो, मैले पेरिसमा जीवनको नयाँ अध्याय सुरु गर्न सल्लाह दिएँ ।’ यस सिजनमा कलियन एम्बापे, नेमार र मेसीको मिश्रित जोडीले पिएसजीका लागि २२ गोल गरेका छन् । साथै, एकआपसमा १३ असिस्ट गरेका छन् । ’ 

मेसीमा परिवर्तन

नेमारले वर्षौंसम्म एकै स्थानमा बस्दा त्यहाँको संस्कृति, इतिहास र दैनिकी भुल्न नसकिने जनाएका छन् । मेसीले पनि यस्तै सामना गरेको नेमारको बुझाइ छ । ‘बार्सिलोनाबाट पिएसजीमा आउँदा मलाई पनि यस्तै अनुभव भएको थियो, मैले तनाव सामना गरेको थिएँ, मेसीले पनि त्यस्तै भोग्नुपरेको थियो, मेसीलाई पेरिसलाई घरका रूपमा लिन सल्लाह दिएँ, जतिसक्दो हाँस्ने र एकआपसमा सल्लाह र सुझाव दिने बताए ।’ नेमारले आउने वर्षमा मेसीलाई एक फरक खेलाडीका रूपमा देखिने दाबी गरेका छन् । ‘जब मेसी पेरिसमा जम्नेछन्, त्यस वेला हामी सबैले उनलाई फरक खेलाडीका रूपमा पाउँछौँ,’ नेमारले भने । 

सन् २०२२–२३ को सिजनमा पिएसजीले उत्कृष्ट सुरुवात गरेको छ । पिएसजीको उत्कृष्ट सुरुवातमा मेसी र नेमारको योगदान अधिक मान्नुपर्छ । नेमारले अहिलेसम्म नौ गोल गर्नुका साथै सातपटक साथीहरूलाई गोलका लागि पास उपलब्ध गराएका छन् । नेमारले शारीरिक र मानसिक रूपमा मेसी फिट भएको बताएका छन् । ‘मेसी अहिले मानसिक रूपमा सबल भएका छन्, प्रत्येक खेलमा जितका लागि मिहिनेत गरिरहेका छन्,’ मेसीको फिटनेसबारे नेमार बताउँछन्, ‘अहिले म खुसी छु, मेरो अति नै मिल्ने साथी लयमा छन् ।’