Skip This
पेरिसको रेल स्टेसनमा दोस्रो विश्वयुद्धको बम फेला
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ फाल्गुण २३ शुक्रबार
  • Tuesday, 16 September, 2025
रासस पेरिस
२o८१ फाल्गुण २३ शुक्रबार १५:४३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पेरिसको रेल स्टेसनमा दोस्रो विश्वयुद्धको बम फेला

Read Time : < 1 मिनेट
रासस, पेरिस
नयाँ पत्रिका
२o८१ फाल्गुण २३ शुक्रबार १५:४३:oo

फ्रान्सको सबैभन्दा व्यस्त टर्मिनलतर्फ जाने रेलमार्गमा दोस्रो विश्वयुद्धको बम फेला परेपछि पेरिस गारे डु नोर्ड रेल स्टेसनमा शुक्रबार यातायात रोकिएको अधिकारीहरूले बताएका छन्।

राष्ट्रिय एसएनसिएफ रेल कम्पनीले सेन्ट डेनिस उपनगरको क्षेत्रमा मर्मत कार्यको क्रममा रातभर ‘रेलमार्गको बिचमा’ विस्फोट नभएको बम फेला परेको बताएको छ। आरइआरबी उपनगरीय रेलले एक्समा लेखेको पोस्टमा बम ‘दोस्रो विश्वयुद्धको समयको’ भएको उल्लेख छ।

पेरिस प्रहरीले यन्त्रलाई निष्क्रिय पार्ने काम गरिरहेकाले युरोस्टार रेलहरूका साथै उच्च–गति र स्थानीय सेवाहरू सञ्चालन गर्ने रेल स्टेसनमा सबै ट्राफिक बन्द गरिएको थियो।

गारे डु नोर्ड रेल स्टेसन पेरिसको उत्तरमा अवस्थित छ र देशको सबैभन्दा व्यस्त रेल टर्मिनल हो। एसएनसिएफका अनुसार यो टर्मिनलले प्रत्येक दिन अनुमानित सात लाख मानिसलाई सेवा प्रदान गर्छ।