१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ९ बुधबार
  • Friday, 09 May, 2025
वासिंटन डिसी
२o८१ माघ ९ बुधबार o७:३३:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

विश्व स्वास्थ्य संगठन र पेरिस जलवायु सम्झौताबाट बाहिरिने ट्रम्पको निर्णय

Read Time : < 1 मिनेट
वासिंटन डिसी
नयाँ पत्रिका
२o८१ माघ ९ बुधबार o७:३३:oo

अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा शपथ लिएपछि डोनाल्ड ट्रम्पले दर्जनौँ कार्यकारी आदेशमा हस्ताक्षर गरे । त्यसमध्ये अमेरिकालाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र पेरिस सम्झौताबाट बाहिर निकाल्ने आदेशमा पनि उनले हस्ताक्षर गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार संयुक्त राज्य अमेरिकालाई डब्लुएचओबाट बाहिर निकाल्नेसम्बन्धी कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका छन् । ट्रम्पले कोभिड–१९ महामारी व्यवस्थापनको विषयमा डब्लुएचओको पटक–पटक आलोचना गर्दै आएका थिए । आफ्नो शपथग्रहणको केही घण्टापछि ह्वाइट हाउसमा बोल्दै उनले आफ्नो देशले डब्लुएचओलाई चीनको तुलनामा धेरै बढी भुक्तान गरिरहेको उल्लेख गर्दै भने, ‘विश्व स्वास्थ्य संगठनले हामीलाई ठगेको छ ।’      

यस कदमसँगै संस्थाले सबैभन्दा ठुलो दाता अमेरिका गुमाउनेछ । आफ्नो पहिलो कार्यकालमा पनि ट्रम्पले संगठन चीनबाट अत्यधिक प्रभावित भएको आरोप लगाउँदै संगठनबाट अमेरिकालाई अलग गरेका थिए । पछि जो बाइडेन राष्ट्रपति बनेपछि अमेरिका पुनः डब्लुएचओको सदस्य बनेको थियो । 

ट्रम्पले ‘अनुचित एकपक्षीय पेरिस जलवायु सम्झौता’ परित्याग गर्ने आदेशमा पनि हस्ताक्षर गरे । विश्लेषकहरूले विश्वको दोस्रो ठुलो हरितगृह ग्यास उत्सर्जक मुलुक अमेरिका सम्झौताबाट बाहिरिनु जलवायु परिवर्तनविरुद्धको लडाइका लागि ठुलो धक्का भएको बताएका छन् । सन् २०१६ मा भएको पेरिस संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलनमा, विश्वभरका देशहरूले जलवायु परिवर्तनको खतरा कम गर्न जीवाश्म इन्धन कटौती गर्ने वाचा गरेका थिए । 

ट्रम्प आफ्नो पहिलो कार्यकालमा पनि ऐतिहासिक जलवायु सम्झौताबाट बाहिरिएका थिए । तर, जो बाइडेन सत्तामा आएपछि ट्रम्पका दुवै निर्णय उल्टाएका थिए ।