१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १७:४९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दार्चुला बाढीपहिरो : मृतकको संख्या पाँच पुग्यो, १० बेपत्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४९:oo

दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ। लास्कु खोला र महाकाली नदीमा आएको बाढी तथा नौगाडमा आएको पहिरोमा परी १० जना अझै बेपत्ता छन्।

शुक्रबार मध्यरातिबाट आएको बाढी र पहिरोका कारण महाकाली नगरपालिका–३ डुङुरीमा व्यवसाय गर्दै आएका धनसिंह कार्कीको परिवारका सबैले ज्यान गुमाएका छन्। गत वर्ष पसलमा क्षति गरेको बाढीले यो वर्ष कार्कीको परिवारकै ज्यान लिएको छ। अहिलेसम्म धनसिंहकी श्रीमती मानमती कार्कीको शव महाकाली–५ नमस्कारनजिकै फेला परेको छ भने धनसिंह बेपत्ता छन्।

बाढीपछिको पहिरोमा परी महाकाली–२ का ७७ वर्षीय नन्दराम बोहराको घरभित्रै पुरिएर मृत्यु भएको छ। परिवारका अन्यले भागेर ज्यान जोगाए पनि नन्दराम घरभित्रै पुरिएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिए।

पहिरोका कारण यता नौगाड गाउँपालिका–१ सल्लाकी ३७ वर्षीया जानकी ठगुन्ना, १३ वर्षीया धनुली ठगुन्ना र वडा नम्बर २ का ६८ वर्षीय मोहनराम पार्कीको मृत्यु भएको छ। 

बेपत्ता रहेका महाकाली–३ का धनसिंह कार्की, दीपक कार्की, दिनेश कार्की, महाकाली–४ का सरस्वती लुहार, मोहन लुहार, महाकाली–२ का मानमती साहु, महाकाली–१ का मञ्जु लुहार, दिनेश लुहार, साजन लुहार र दलजित लुहारको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

घाइते आठजनाको हेलिकोप्टरमार्फत उद्धार
महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा बाढी र पहिरोबाट घाइते आठजनाको नेपाली सेनाको हेलिकाेप्टरमार्फत उद्धार गरिएको छ। नेपाली सेनाको एयर एम्बुलेन्समार्फत पहिरोमा परी गम्भीर घाइते भएकाहरूको उद्धार गरी जिल्ला अस्पताल दार्चुला लगिएको हो।

घाइते आठैजनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। यस्तै, नेपाली सेनाकै हेलिकाेप्टरले दुवै स्थानीय तहका बाढी र पहिरो प्रभावितको लागि राहत सामग्रीसमेत ढुवानी गरिएको छ । उनीहरूलाई स्थानीय तह र नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा राहत वितरण गरिएको हो । बाढी र पहिरोबाट जिल्लाको दुई स्थानीय तहका झन्डै सय परिवार प्रभावित भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीपहिरोमा परी ४२ घरमा पूर्ण र ९ घरमा आंशिक क्षति भएको छ भने ४० घर जोखिममा रहेका छन्।