मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ भदौ २४ शुक्रबार १८:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परराष्ट्र सचिव पौड्याल भारत जाँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ भदौ २४ शुक्रबार १८:२९:००

परराष्ट्र सचिव भरतराज पौड्याल भारतको औपचारिक भ्रमणमा २८ भदौमा दिल्ली जाने भएका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी परराष्ट्र सचिवको भ्रमण सार्वजनिक गरेको हो।

पौड्याल परराष्ट्र सचिव भएपछि पहिलोपटक उनको यो औपचारिक भ्रमण हो। यसअघि उनी प्रधानमन्त्री र परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलका सदस्यका रुपमा भारत गएका थिए। भारतीय विदेश सचिव विनयमोहन क्वात्राको निमन्त्रणामा जान लागेका हुन्। 

दिल्ली पुगेकै दिन परराष्ट्रमन्त्री पौड्याल र उनका समकक्षी क्वात्राबीच प्रतिनिधिमण्डल स्तरिय भेटवार्ता हुने भएको छ। भारतीय विदेश मन्त्रालयद्धारा जारी विज्ञप्ति अनुसार भेटवार्तामा पछिल्लोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र प्रधानमन्त्री शेरबहादुर देउबाको भारत भ्रमणमा भएका सहमति कार्यान्वयनबारे छलफल हुनेछ।

विगतका सहमतिहरुको पुनरावलोकनसमेत हुने विदेश मन्त्रालयले जनाएको छ तर वार्तामा दुई देशबीच सम्बन्धका सबै पक्षबारे छलफल हुनेछ। परराष्ट्र सचिव पौड्याल नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको भारत डिभिजन हेर्ने सहसचिब सुधीर भट्टराई, भारतका लागि नेपाली राजदूत डा‍.शंकर शर्मा र उपनियोग प्रमुख रामप्रुसाद सुबेदी रहनेछन्। सचिब पौड्याल ३० भदौमा स्वदेश फर्कने छन्।