१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १४:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चितवनबाट चुनाव जित्छु, अन्यत्र जान्नँ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १४:३१:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक चितवनबाट चुनाव जित्नेमा ढुक्क रहेको बताएका छन्। चितवन छाडे डराएर हिँडेको सन्देश जाने भएकाले राष्ट्रिय सहमतिको सन्देश दिन पनि अन्यत्रबाट नलड्ने उनले बताए।

प्रेस सेन्टर कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले गठबन्धनसहित चितवनका जनताको पनि साथ रहेकाले आफूले जित्ने दाबी  गरे । ‘चितवनका जनताको चेतना र भावनाप्रति मलाई विश्वास छ। सँगै गठबन्धन पछि छँदै छ। गठबन्धनमा विमति पनि छैन,’ उनले भने, ‘यसपटक चितवनबाट राष्ट्रिय सहमतिको सन्देश पनि दिन्छ। नलडे डराएर हिँडेको भन्ने सन्देश जाने भएकाले पनि चितवन छाडेर कतै जान्नँ।’

सो क्रममा अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउन लागेको दाबी गरे। विधेयक पुनः प्रमाणीकरण नगरे यो विषय अदालतमा जाने वा राष्ट्रपतिले राजीनामा दिनुपर्ने प्रचण्डको भनाइ छ।

ad
ad