१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १४:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चैतन्यले ‘सुशासन र समृद्धि’ सेमिनार आयोजना गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १४:१६:oo

काठमाडौंमा रहेको चैतन्य एकेडेमीले ‘सुशासन र समृद्धि’ विषयक दुईदिने राष्ट्रिय सेमिनार आयोजना गर्ने भएको छ। असोज १ र २ मा धुलिखेलमा हुने सेमिनारको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने कार्यक्रम तय भएको एकेडेमीका निर्देशक गणेशप्रसाद जोशीले जानकारी दिए।

सेमिनारमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शासकीय विषयक सत्र विज्ञहरूबीच सञ्चालन हुने आयोजकले जनाएको छ। पूर्वमुख्यसचिव एवं सेमिनारका सभाध्यक्ष विमल कोइरालाले सेमिनारमा भएको छलफलबाट प्राप्त निष्कर्ष र सुझाव सरकारलाई पेस गरिने बताए।
 
‘नेपालमा व्यवस्था फेरिए पनि शासन प्रणाली उही छ। पात्र र प्रवृत्ति फेरिएन,’ कोइरालाले भने, ‘नयाँ पात्र सिर्जना गर्न पनि सकेनौँ। प्रवृत्तिमा पनि उसले बदमासी गरेको थियो, मैले गर्दा के हुन्छ भन्ने भयो।’ जनताको अधिकारको रक्षा र जनताकै सहभागितामा शासन भए मात्र मुलुकमा सुशासन र समृद्धि आउने उनको भनाइ छ।

सेमिनारमा पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, पूर्वमुख्यसचिव कोइराला, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, प्राध्यापक अच्युत वाग्ले, राष्ट्रिय सभा सदस्य विमला राई पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, पूर्वाधारविद् सूर्यराज आचार्य, लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशराज मैनाली, बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानलगायतको अन्तर्राष्ट्रिय सम्बन्ध र भूराजनीति, राजनीति र कर्मचारीतन्त्रको अन्तरसम्बन्ध, विकासमा निजी क्षेत्र र उद्यमशीलता विषयमा बहस हुने आयोजकले जनाएको छ।

चैतन्यले १० वर्षदेखि राष्ट्रिय सेमिनार आयोजना गर्दै आएको छ। कार्यक्रमको समापन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गर्नेछन्।

ad
ad