१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o९:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

एक्लोपनले निम्त्याउँछ यस्ता भयावह समस्या 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:५४:oo

हेल्थ टिप्स

वासु आचार्य, मनोविश्लेषक मनोविश्लेषण केन्द्र नेपाल

डिप्रेसन मानसिक समस्या हो । मानिस डिप्रेसनमा गएपछि एक्लोपन महसुस हुन्छ । यस्तो अवस्थामा मानिसलाई एक्लै बस्दा आनन्द आउँछ । ‘केही गर्न सक्दिनँ, म असफल भएँ, मेरो मूल्य छैन । मेरो कसैप्रति भरोसा छैन । मेरो कुनै आशा छैन’ भन्न थाल्छ । 

यस्तो समस्याबाट ग्रस्त मानिसले रमाइलो गर्ने, खुसी हुने, घुमडुल गर्नेे, खानेबस्ने क्षमता हराइसकेको हुन्छ । अन्तिममा एक्लोपनमा गएर जिन्दगी सक्काउनुपर्छ भन्ने सोचसमेत उसमा आउन सक्छ । यो नै एक्लोपनको दिक्दारीको लक्षण हो । जुनसुकै व्यक्ति पनि एक्लोपनको सिकार हुन सक्छन् । स्वास्थ्यका लागि एक्लोपन घातक छ । 

एक्लोपन हुँदा पार्ने प्रभाव
एक्लोपन हुँदा सोचले प्रभाव पार्ने हुन्छ । धेरै नकारात्मक सोचहरू आउँछ । असफलता मात्रै देख्छ । कहिले गाली खाइरहेको हुन्छ, कहिले भनेको व्यक्तिले फोन उठाएको हुँदैन । आफूले भनेको जस्तो भइराखेको हुँदैन । परिस्थिति फेस गर्न र अरूको अगाडि जान सक्दैन । कसैको अगाडि जान नसकेपछि एक्लोपनमा पर्छ । त्यतिवेला नकारात्मक सोच हाबी हुन्छ । दिक्क लाग्ने, नमिठो लाग्ने, हतोत्साही हुने, एकदमै चिन्तित हुने, सास फेर्न गाह्रो हुनेलगायत लक्षण देखिन्छन् । चिरडचिडाहट हुने, पछुतो मान्ने, विचलित हुने, उदास हुने, ईष्र्या, जलन हुने, रुने, खान छोड्ने, दुब्लाउने, विक्षिप्त भएर अन्तिममा भाग्नेलगायत लक्षण देखिन्छन् । 

एक्लोपनका कारण
एक्लोपनका कारण धेरै हुन सक्छ । सबैभन्दा महत्वपूर्ण कारण भनेको मानिसले परफर्म गर्न सक्दैन । यो भनेको कोठामा चुकुल लगाएर अँध्यारोमा एक्लो बस्नु हो । अर्को भनेको उसको सोच्ने तरिका हो । कसरी सोच्ने भन्ने जानेन भने पनि व्यवहार मिल्दैन । व्यवहार नमिल्नु भनेको एक्लो बनाउनु हो । एक्लोपनमा सुसाइड र प्यारा सुसाइड भन्ने हुन्छ । प्यारा सुसाइड भनेको हात काट्ने, मर्नु न बाँच्नु गरी बस्ने आदि हो । जति एक्लोपन भयो, त्यति शून्य लाग्ने हुन्छ । अब एक मिनेटपछि के गर्दै छु भन्ने पनि थाहा हुँदैन । 

एक्लोपनको उपचार 
- एक्लोपनकोे कारण पहिचान गर्ने, 
- एनालाइसिस गर्ने । 
- रमाइलोकेन्द्रित हुने, रिल्याक्स हुने । 
- एक्लोपनको सिकारमा परेको छ भने चिकित्सकसँग सम्पर्क राख्ने । एक्लोपन हटाउने औषधिको प्रयोग गर्ने । 
- परिवारले राम्रो व्यवहार गर्ने । उसले चाहेका, भनेका कुरा पूरा गर्ने, हरेक कुरा स्वीकार गर्ने र हरेक कुरामा आश्वस्त पार्ने । 
- एक्लोपनको महसुस गरेका व्यक्तिहरू छन् भने आफ्नो परिवारलाई भन्ने । परिवारले बुझ्दैनन् भने साथीलाई भन्ने, मनोविद्लाई भन्ने, सपोर्टमा जाने । एक्लोपनको सिकारमा रहेकालाई सपोर्ट गर्ने, जनचेतना फैलाउने । 
 

ad
ad