१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
देश/विदेश
२o८१ बैशाख ३० आइतबार o७:३o:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

पश्चिमको युद्धको लत र विश्वव्यापी प्रभुत्वको सपना

युरोपका केही पूर्वसाम्राज्य अझै पनि बल प्रयोग गरेर अरूलाई धम्क्याउन उद्यत् छन्, मानौँ उनीहरू साम्राज्यवादी कालमै छन्

Read Time : > 2 मिनेट
देश/विदेश
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:३o:oo

विकासशील मुलुक उपनिवेशवाद र साम्राज्यवादबाट मुक्त भएको लामो समय भइसक्दा पनि केही पश्चिमा मुलुक भने अझै पनि शक्तिको आडमा विश्वव्यापी प्रभुत्व प्राप्त गर्न सकिने साम्राज्यवाद र उपनिवेशवादको ‘स्वर्ण युग’ पुनरुत्थानको सपना देखिरहेका छन् ।मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले पश्चिमा मुलुक, विशेषगरी युरोपेली मुलुक ‘युद्धको नराम्रो कुलतमा फसेको र उनीहरूले निर्दाेष मानिसको हत्या गरिरहेको’ स्ट्याटस शुक्रबार फेसबुकमा लेख्दै उनीहरूको अलोचना गरेका छन् । ‘उनीहरू युद्धको महिमागान गर्छन् र हत्याको उत्सव मनाउँछन् ।

अनि युद्धाभ्यास र युद्ध खेलहरूद्वारा युद्धको तयारी गरी बस्छन् । उनीहरू मानिसलाई मार्न एकदमै प्रभावी नयाँ–नयाँ हातहतियार निरन्तर आविष्कार गरिरहन्छन्,’ उनले फेसबुकमा लेखेका छन् । आफ्नो पोस्टमा महाथिर रुसलाई उक्साउने काम गरिरहेको भनेर पनि पश्चिमको आलोचना गर्छन् । उनले पश्चिमकै कारण कियभ र मस्कोबीच अहिलेको युद्ध शृंखला छेडिएको उनले उल्लेख गरेका छन् ।

हालैमा उनले अन्तर्राष्ट्रिय फिनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा पनि यही कुरा भनेका थिए । अन्तर्वार्तामा उनी ताइवान जलडमरुमा तनावका लागि पनि अमेरिकी उक्साहटलाई नै जिम्मेवार ठहर्‍याउँछन् । साथै, दक्षिणपूर्वी एसियाली मुलुकलाई अमेरिका र पश्चिमाको चीनविरुद्धको उक्साहटबाट टाढै बस्न पनि उनले आह्वान गरेका छन् । ९७ वर्षीय दिग्गज राजनीतिज्ञका रूपमा महाथिरले उपनिवेशको पीडा र पश्चिमा शक्तिले प्रज्ज्वलित गरेको दोस्रो विश्वयुद्धको आघातको गहिरो अनुभव सँगालेका छन् । मलेसिया कसरी स्वतन्त्र विकासको मार्गमा अग्रसर भएको थियो भन्ने देखे–भोगेका छन् । यो प्रकरण एसियाका अधिकांश दक्षिणपूर्वी मुलुकको इतिहासको एक हिस्सा हो ।

महाथिरको वक्तव्यले क्षेत्रीय मुलुकको मूलधारको जनमतलाई नै प्रतिबिम्बित गर्छ । एसियाका मानिसलाई आजको शान्तिपूर्ण विकासलाई हल्का रूपमा लिनुहुँदैन भन्ने राम्रोसँग थाहा छ । किनभने विकासको यो मार्ग अनेकन् तिता संघर्षबाट र अनगिन्ती भीमकाय बाधा पार गरेर निर्माण भएको हो । तसर्थ, उनीहरू ठूला शक्तिराष्ट्रबीचको अर्काे युद्धको सिकार हुन अनिच्छुक छन् । 

मलेसियाका राजनीतिज्ञले क्षेत्रीय एवं विश्वकै शान्ति–सुरक्षामा समेत पश्चिमा उक्साहटको ठूलो खतरा स्पष्ट रूपमा देखेका छन् । महाथिर दक्षिणपूर्वी एसियालाई पश्चिमको इन्डो–प्यासिफक रणनीतिमा डिस्पोजेबल मोहरा नबन्न सचेत गराइरहेका छन् । उनी यस क्षेत्रका मुलुकलाई युद्धको कुलतमा फसेका पश्चिमा शक्तिको सहयोगी नबन्न पनि सम्झाइरहेका छन् ।

पूर्वउपनिवेशवादीहरूले थुप्रै विकासशील मुलुकका युद्धका दाग छोड्दै गर्दा उनीहरूले आफ्नो समृद्धिको इतिहास हिंंसाले पोखेको रगत र युद्धको बर्बरताले लेखेका छन् । धेरैभन्दा धेरै धन थुपार्ने र विश्वमा आफ्नो प्रभुत्व कायम राखिराख्ने लोभमा अन्वेषणको युगदेखि नै पश्चिमी सभ्यताले विपन्न तथा कमजोर मुलुकलाई लुट्न शक्तिको प्रयोग गरिरहेको छ । 

पश्चिमा मुलुक उनीहरूको आधिपत्यलाई कसैले चुनौती दिएको हेर्न रुचाउँदैनन्, किनभने यसो हुँदा उनीहरूले अन्य मुलुकलाई अधीनमा राखिराख्ने हिंसात्मक र बलियो उपकरण गुमाउनेछन् । फलस्वरूप, पश्चिमले आफ्नो आधिपत्यलाई खतरामा पार्न सक्ने मुलुकविरुद्ध सबैखाले दमनकारी कदम चालेका छन् । यहाँसम्म कि उनीहरू युद्ध गर्नसमेत पछि हट्तैनन् ।

सबै युरोपेली मुलुकलाई हिंसाका लागि लालायित मुलुकका रूपमा चित्रण गर्न नसकिए पनि युरोपका केही पूर्वसाम्राज्यहरू भने अझै पनि बल प्रयोग गरेर अरूलाई धम्क्याउन उद्यत् छन्, मानौँ उनीहरू अझै पनि साम्राज्यवादी कालमै छन् । चाइनिज एकेडेमी अफ सोसियल साइन्सेसका अनुसन्धाता लु सियाङले ग्लोबल टाइम्सलाई बताएअनुसार दोस्रो विश्वयुद्धपछि युरोपेली शक्तिले युद्ध भड्काउन छाडेका भए पनि अमेरिकी नेतृत्वमा विशेषगरी नेटो संयन्त्रमातहतका रक्तपात र अन्यायपूर्ण युद्धमा उनीहरूले अझै पनि भाग लिइरहेकै छन्, सहभागी हुन छाडेका छैनन् ।

चिनियाँ सैन्यविद् सोङ झोङपिङ केही पश्चिमा मुलुकमा विद्यमान युद्ध उन्मादले उनीहरूको आधिपत्यवादी मानसिकतालाई उजागर गर्नेमा विश्वस्त छन् । पाश्चात्य सभ्यताको विकास अब मृत्युउन्मुख छ । तर, अझै पनि उसमा साम्राज्यवादी प्रेत सवार हुन छाडेको छैन । अन्तरात्माले पश्चिमका केही मुलुक विकासशील मुलुकलाई अझै पनि आफ्नो उपनिवेश सम्झन्छन् । त्यसैले, उनीहरू अझै पनि थप लाभ उठाउन र आफ्नो हितलाई अघि सार्न धम्की दिने र शोषणका उपाय खोज्ने प्रयास गरिरहन्छन् ।

तर, अधिकांश मुलुक अहिले पश्चिमको धम्की र लुटको सिकार हुनबाट बच्न आत्मनिर्भरताप्रति सचेत भइसकेका छन् । सोङ जहाँ उत्पीडन हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ भन्छन् । उपनिवेशवाद र साम्राज्यवादले पहिले समुद्री डाकु र लुटेराहरू सिर्जना गथ्र्याे । अहिले पनि यी मुलुकले त्यस्तै बर्बर र क्रूर व्यवहारबाट आजको विश्वमा आफ्नो ओज बढाउने सोच्नु मूर्खता हुन्छ । शक्तिको भरमा विश्वमा शासन गर्न सकिन्छ भन्ने सपनाबाट उनीहरूका लागि ब्युँझिने यो उचित समय हो । 
ग्लोबल टाइम्सको सम्पादकीय

ad
ad