१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २४ सोमबार १९:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महामन्त्रीको थापाको गुनासो : विधानको सीमामा बसेर उम्मेदवार सिफारिस भएन  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:२२:oo

सत्तारुढ पार्टी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीका तल्ला तहले विधानको सीमामा बसेर उम्मेदवार सिफारिस नगरेको बताएका छन्। बुधबार काठमाडौंमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले कांग्रेसको विधि-विधानअनुसार तल्लो तहले त्यसअनुसार नामहरू सिफारिस नभएको प्रस्ट पारे। 

'हामीले नेपाली कांग्रेसको विधि-विधानअनुसार पार्टीको तल्लो तहलाई नामहरू सिफारिस गरेर पठाउनुस् भनेर पठायौँ, मलाई लाग्छ केही ठाउँबाहेक कहीँ पनि विधानको सीमामा बसेर उम्मेदवार सिफारिस भएका छैनन्,' थापाले भने, 'कहीँ बीसौँजनाको नाम सिफारिस भएको छ समानुपातिकमा, कहीँ दर्जनौँ भएको छ।' 
 

ad
ad