१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौँ
२०७९ भदौ २२ बुधबार १८:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्कुल-कलेजका विद्यार्थी सुरक्षालक्षित ट्राफिक चेकिङ : ३७ जना विद्यार्थीलाई कारबाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ भदौ २२ बुधबार १८:१६:००

स्कुल-कलेजका विद्यार्थी सुरक्षालक्षित चेकिङअन्तर्गत आज ३७ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बुधबार बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १६ जना, सवारीचालक अनुमति-पत्र प्राप्त नगरेका १४ जना, नम्बर प्लेट दुरुस्त नभएका ७ जना गरी ३७ जना विद्यार्थी चालकलाई कारबाही गरिएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीका अनुसार साउन ३० गतेबाट सुरु भएको स्कुल- कलेजका विद्यार्थी सुरक्षालक्षित चेकिङ अभियानमा हालसम्म ‍१ हजार २ सय २ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारबाही गरिसकेको छ।