१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १७:४७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपालले जित्यो हुवावेको सिड्स फर द फ्युचर टेकफरगुड प्रोजेक्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:४७:oo

सिड्स फर द फ्युचर ह्वावेको विश्वव्यापी फ्ल्यागसिप कार्यक्रम हो, जसको उद्देश्य स्नातकस्तरका आइसिटी विद्यार्थीहरूलक्षित छ। नेपालमा सन् २०२१ मा सुरु भएको यस कार्यक्रमले विद्यार्थीहरूबाट अत्यधिक सकारात्मक प्रतिक्रिया पाएको छ। साथै, अगस्ट १८ मा प्रतिस्पर्धात्मक आवेदन प्रक्रियाबाट छनोट भएका नेपालका ७ जना विद्यार्थी पहिलोपटक क्षेत्रीय ‘अनसाइट कार्यक्रम’ मा सहभागी हुन थाइल्यान्ड प्रस्थान गरेका थिए।

एक व्यस्त हप्तामा उनीहरूले मेटाभर्स, फाइभजी, एआई र क्लाउडबारे सिकेका थिए र युनेस्क्याप कार्यालय र थाइल्यान्डका सांस्कृतिक साइटहरूको भ्रमण पनि समावेश थियो। सो अवधिमा उनीहरूलाई आफ्नो प्रोजेक्ट – अद्वैतलाई परिष्कृत गर्नका लागि राखिएको मेन्टरसँग काम गरेको पनि देखियो।

अगस्ट २७ मा भएको टेकफरगुड प्रतियोगितामा अद्वैत विजयी प्रोजेक्टहरूमध्ये एक थियो। एसिया प्रशान्त क्षेत्रका १६ देशका २४ टोलीले प्रतियोगितामा आफ्नो अद्वितीय विचार प्रस्तुत गरेका थिए, जसमध्ये ७ टोलीलाई विजेताको रूपमा छनोट गरिएको थियो।

अद्वैत एउटा एप हो जसले औषधिमा ठगी पत्ता लगाउन ब्लकचेन र एआई प्रयोग गर्दछ। विचार यो हो कि औषधिको प्रत्येक फाइलमा क्युआर कोड राखिएको छ। यो क्युआर कोड स्क्यान गरेपछि, खरिदकर्ताहरूलाई उत्पादन मिति, म्याद समाप्ति मिति, आधिकारिक वितरक र खुद्रा विक्रेतामार्फत औषधि आएको हो कि हैन, र एम आर पीबारे सूचित गरिन्छ।

टिम नेपालले अन्य ६ विजेता टोलीहरूसँग अर्को हप्ता सिंगापुरमा टेकफरगुड एक्सेलेटर क्याम्पमा भाग लिनेछ जहाँ उनीहरूले विज्ञहरूसँग भेट गर्नेछन् र सिंगापुरको नेसनल युनिभर्सिटी क्याम्पसमा आफ्नो आइडियाको सार्वजनिक डेमो गर्नेछन् ।