१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ६ आइतबार १६:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

देशमा अपेक्षित रूपमा विकास निर्माणका काम हुन सकेनन् : मुख्यसचिव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १६:३७:oo

सरकारका मुख्यसचिव शंकरदास बैरागीले देशमा अपेक्षित रूपमा विकास निर्माणका काम हुन नसकेको बताएका छन् । उनले  विगतका कमी–कमजोरीबाट शिक्षा लिँदै मुलुकको द्रुततर एवं सर्वांगीण विकासमा लाग्नुपर्ने बताए।

बुधबार १९औँ निमाजती सेवा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यसचिव बैरागीले राज्यले अघि बढाएका नीति तथा कार्यक्रमलाई सफल बनाउन र जनताको जीवनस्तरमा सुधार ल्याउन थप प्रयास गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

परम्परागत ढाँचा र सोचबाट माथि उठेर अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेका व्यवस्थापनका नयाँ आयाम, सूचना प्रविधि क्षेत्रमा आविष्कार भएका नयाँ प्रविधि र विकासका नवीन मोडेललाई देश र समाज सुहाउँदो हुने गरी अवलम्बन गर्दै मुलुकलाई यथाशीघ्र रूपान्तरण गर्न जरुरी रहेको बताए ।

मुख्यसचिव बैरागीले देशमा निजामती सेवाको अर्को विकल्प नरहेको भन्दै अझ उन्नत, सबल, सेवामुखी एवं जनउत्तरदायी निजामती सेवा बनाएर जान आवश्यक रहेको बताए । 

ad
ad