१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २० सोमबार
  • Saturday, 05 July, 2025
२o७९ भदौ २० सोमबार १६:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एकीकृत समाजवादी प्रदेश कमिटी सदस्यसहित धनकुटाका ५८ कार्यकर्ता एमाले प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २० सोमबार १६:३७:oo

नेकपा एकीकृत समाजवादी प्रदेश १ कमिटी सदस्य सुरेन्द्र पौडेलसहितका नेता–कार्यकर्ताहरू एमालेमा फर्किएका छन्।

सो पार्टीका प्रदेश सदस्य पौडेलसहित धनकुटा जिल्ला सचिवालय सदस्यद्वय सोभित निरौला, सावित्रा घिमिरे, जिल्ला सदस्यद्वय वेदबहादुर बस्नेत, तेजबहादुर थापासहित अन्य नेता–कार्यकर्ताहरू एमालेमा फर्किएका हुन्। धनकुटा नगरपालिका– ७ श्रीवानीस्थित नेकपा एमालेको पार्टी कार्यालयमा सोमबार एक कार्यक्रमबीच उनीहरूलाई एमाले केन्द्रीय सदस्य राजेन्द्र राई, शकुन्तला बस्नेत र पार्टी जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरे।

तत्कालीन एमाले नेता माधवकुमार नेपालले पार्टी फुटाएर एकीकृत समाजवादी गठन गर्दा उनीहरू पनि सँगै गएका थिए। तर, सो पार्टी जनताका लागि नभई निश्चित व्यक्तिहरूको स्वार्थपूर्तिका लागि तयार पारिएको एउटा झुन्डको पार्टी मात्र भएको भन्दै आफूहरू पुरानै पार्टीमा फर्किएको नेता पौडेलले प्रतिक्रिया दिएका छन्।

नेता पौडेल यसअघि नेकपा एमाले जिल्ला कमिटी धनकुटाका निर्वाचित पार्टी सचिव थिए। अहिले उनीसहित ५८ जना नेता–कार्यकर्ता नेकपा एकीकृत समाजवादी छाडेर एमालेमै फर्किएको बताइएको छ।