मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ३ शुक्रबार
  • Friday, 19 September, 2025
२o८२ असोज ३ शुक्रबार १२:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चुनौतीको सामना गर्दै हामी फेरि उठ्नेछौँ : ईश्वर पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असोज ३ शुक्रबार १२:३३:oo

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको चुनौतीको सामना गर्दै एमालेले मुलुकलाई सही दिशा दिने बताएका छन् ।  संविधान दिवसको अवसरमा शुक्रबार एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पोखरेलले जेन-जी आन्दोलनका क्रममा कार्यालय डढेर खरानी भए पनि इच्छाशक्ति नमरेको भन्दै एमालेले नै अहिलेको चुनौतीको सामना गर्दै मुलुकलाई सही दिशा दिने बताएका हुन् ।

एमाले शान्त तलाउमा डुंगा चलाएजस्तो गरी नभई प्रत्येक कालखण्डमा चुनौतीको सामना गरेर अहिलेको अवस्थामा आएको उनले बताए । उनले अहिले देखिएको चुनौतीलाई पनि टाउकोमा टेकेर एमाले अघि बढ्ने उद्घोष गरे ।