१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार ११:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जोमसोमका लागि उडेको समिटको जहाज आपतकालीन अवतरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार ११:१६:oo

पोखराबाट जोमसोमका लागि उडेको समिट एयरको जहाजको इन्जिनमा खराबी आएपछि पोखरामै आपतकालीन अवतरण गरिएको छ। आइतबार बिहान ७ः५९ बजे पोखरा विमानस्थलबाट उडेको सात मिनेटमा सो जहाज आपतकालीन अवतरण गरिएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए।

जहाजमा चालक दलका सदस्यसहित १८ यात्रु सवार थिए। जहाजको इन्जिनमा एक्कासि समस्या आएपछि पाइलटले दायाँ इन्जिन अफ गरी पोखराको आकाशमा एक फन्को लगाएर सफल अवतरण गरेका थिए। सुवेदीका अनुसार जहाजको इन्डिकेसनमा समस्या आएपछि आपतकालीन अवतरण गर्नुपरेको हो। प्राविधिक चेकजाँचपछि मात्र समस्या के हो भन्ने पत्ता लाग्ने उनले बताए।
 

ad
ad