१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १२:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

केन्यासँग एकदिवसीय शृंखला सुरु, नेपाल बलिङ गर्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:२६:oo

केन्यासँगको तीन एकदिवसीय क्रिकेट शृंखलाको पहिलो म्याच सुरु भएको छ । नैरोबीस्थित जिमखाना मैदानमा टस जितेर केन्याले पहिले ब्याटिङ गरिरहेको छ । 

आजको खेलमा नेपालको कप्तानी रोहित पौडेलले गरिरहेका छन् । नियमित कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा रोहितले कप्तानी गरेका हुन् । 

नेपालको तर्फबाट आज रोहितसँगै ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, मोहम्मद आसिफ, सहाव आलम, पवन सर्राफ, मोहम्मद आदिल आलम, बसिर अहमद र अर्जुन साउद खेलिरहेका छन् । 

राष्ट्रिय टिमबाट अर्जुनको यो डेब्यु म्याच हो । उनी विकेटकिपर ब्याट्सम्यानको भूमिका टिममा परेका हुन् । यसअघि टी–२० शृंखलामा पाएको मौका सदुपयोग गर्दै अर्जुनले प्रभाव छाडेका थिए । त्यसैले उनलाई एकदिवसीय म्याचमा पनि मौका मिलेको हो । 
 

ad
ad