मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १७ शुक्रबार ०६:१७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भारतका दुई कम्पनीमार्फत नेपालमा रेमिट्यान्स ल्याउने आइएमईको सम्झौता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १७ शुक्रबार ०६:१७:००

इन्डो नेपाल करिडोरको रेमिट्यान्स प्रवद्र्धन गर्ने उद्देश्यसहित मुथुट फिनकर्प र आइएमईबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतामा मुथुट फिनकर्पका सिइओ साजी बर्गिस र आइएमईका तर्फबाट गौतम नैथानीले हस्ताक्षर गरेका हुन् । 

सम्झौतापछि मुथुट फिनकर्पका सिइओ बर्गिसले आफ्ना तीन हजार ६ सय शाखाहरूमार्फत भारतमा बसोवास गर्ने र आम्दानी गर्ने नेपाली समुदायलाई उनीहरूको घरदैलोमा सेवा प्रदान गर्ने एउटा विस्तारित कदम भएको बताए । आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले मुथुट फिनकर्पसँगको सहकार्यले भारतमा आइएमईको पहुँच विस्तार भएको बताए ।

आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले मुथुट फिनकर्पसँगको सहकार्य इन्डो नेपाल रेमिट्यान्स सेवा विस्तारका लागि महत्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए । त्यस्तै, आइएमईका गौतम नैथानीले मुथुट फिनकर्प लिमिटेडसँग हात मिलाउँदा इन्डो–नेपाल रेमिट्यान्स सेवामा अर्को कोसेढुंगा थपिने बताए । ग्राहकले दुवै कम्पनीको फराकिलो नेटवर्कबाट फाइदा लिन सक्ने उनको भनाइ थियो । उनले भने, ‘यो साझेदारीले आफ्नो मिहिनेतको कमाइ नेपालका परिवारलाई घर फर्काउन भरपर्दो र सुरक्षित प्लेटफर्म प्रदान गर्नेछ ।’

 पतञ्जलीको आउटलेटबाट पनि नेपालमा रेमिट्यान्स पठाउन सकिने
पतञ्जली आयुर्वेद र आइएमईबीच पनि रेमिट्यान्स साझेदारीसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार भारतमा बसोवास गर्ने नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आबद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपालमा पैसा पठाउन सक्ने भएका हुन् । 

सम्झौतापत्रमा पतञ्जली समूहद्वारा प्रवद्र्र्धित भरुवा सोलुसन प्रालिका निर्देशक डा. ऋषि कुमार र आइएमई इन्डियाका प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गरेको जनाइएको छ । समझदारी हस्ताक्षर कार्यक्रममा योगी रामदेवले यो साझेदारीले भारत–नेपालबीचमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई बलियो बनाउने बताए । त्यस्तै, आचार्य बालकृष्णले यो साझेदारी पतञ्जली समूह र यसको संस्था भरुवा सोलुसन प्रालिले प्रदान गर्ने वित्तीय सेवामा एउटा अर्को उपलब्धि थपिएको बताए । 

कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा, भरुवा सोलुसन प्रालिका उच्चपदस्थ कर्मचारीहरू, आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल, आइएमई लिमिटेडका निर्देशक सचिन ढकाल, आइएमई इन्डियाका उच्चपदस्थ कर्मचारीको उपस्थिति रहेको जनाइएको छ ।