१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o७:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

हङकङका किन्चितले रंगशालामै विवाहको प्रस्ताव राखे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:४४:oo

एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा हङकङ उपाधि दाबेदार भारतसँग बुधबार ४० रनले पराजित भयो । भारतसँग पराजित भए पनि हङकङका खेलाडीहरूको प्रदर्शन तारिफयोग्य रह्यो । खेलपछि हङकङका उपकप्तान किन्चित शाहले प्याराफिटमा प्रेमिकालाई विवाहको प्रस्ताव राखेका छन् ।

भारतीय मूलका किन्चितले दुबई अन्तर्राष्ट्रिय रंगशालाको भिभिआइपी प्यारफिटमै पुगी प्रेमिकालाई औँठी लगाइदिए । किन्चितले प्रेमिकासमक्ष घुँडाले टेकेर विवाहको प्रस्ताव राखेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् । 

किन्चितले औँठी लगाइदिएको दृश्य रंगशालाको ठूलो स्किनमा सेयर भएको थियो । किन्चितकी प्रेमिकाले एकैपटक विवाहको प्रस्ताव हुने विश्वास गरेकी थिइनन् । भारतविरुद्धको प्रतिस्पर्धामा किन्चितले २८ बलमा ३० रनको योगदान दिएका थिए । क्रिजमा ५० मिनेट बिताएका किन्चितले दुई चौका र एक छक्का प्रहार गरेका थिए ।  

हिराका व्यापारी
हङकङ टोलीका उपकप्तान किन्चितको जन्म मुम्बईमा भएको थियो । उनका बुबा देवाङ शाह हिराका व्यापारी हुन् । किन्चित तीन महिना हुँदा उनका बुबा देवाङ सपरिवार हङकङ लागे । हङकङमै किन्चितको बाल्य र युवा अवस्था बित्यो । यसै क्रममा उनले हिराको व्यापारसँगै क्रिकेट पनि सिक्दै गए । उनी क्रिकेटमै लाग्छु भनी खेलेका होइनन् । सुरुमा उनले क्रिकेटलाई एक सौखका रूपमा लिएका थिए । उमेर समूहमा राम्रो गरेपछि किन्चित हङकङको राष्ट्रिय टोलीमा पर्न सफल भए । 

ad
ad