मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १० बुधबार
  • Wednesday, 27 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १६ बिहीबार १८:३३:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बालेनको २४ घन्टे अल्टिमेटमपछि फन पार्कले तिर्यो कर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १६ बिहीबार १८:३३:००

काठमाडौं महानगरपालिकाले २४ घन्टे अल्टिमेटम दिएपछि भृकुटीमण्डपस्थित फनपार्कले आजै कर तिरेको छ। फनपार्कले पाँच वर्षदेखि मनोरञ्जन कर तिरेको थिएन। 

पटक–पटक आग्रह गर्दा पनि वर्षौंदेखि महानगरलाई बुझाउनुपर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नतिरेपछि महानगरले हिजो २४ घन्टे अल्टिमेटम दिएको थियो।

फनपार्कले आज १७ लाख ३६ हजार रुपैयाँ मनोरञ्जन कर तिरेको महानगरको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए। फनपार्कले महानगरले अन्य कर पनि तिर्न बाँकी छ । आज मनोरन्ज करबापतको शुल्क मात्र बुझाएको अधिकारीले बताए। ‘आज केही कर बुझाउनुभएको छ, अन्य कर भने तिर्नुभएको छैन,’ अधिकारीले नयाँ पत्रिकासँग भने । 

फनपार्कले व्यवसाय कर पनि तिरेको छैन। व्यवसाय कर भने वडा कार्यालयमा तिर्नुपर्छ। महानगरले त्यो कर चुक्ताको लागि पनि पत्र पठाइसकेको छ।