१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format २o:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

त्रिवि पदाधिकारीले मागे दुई / दुईजना पिएसओ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format २o:o२:oo

आफूहरूमाथि भौतिक आक्रमणको खतरा रहेको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिस्ट्रारले निजी सुरक्षा अधिकृत (पिएसओ) माग गरेका छन्। त्रिवि उपकुलपति कार्यालयद्वारा गृहमन्त्रीसमक्ष पेस गरिएको एक निवेदनमा तीनैजना त्रिवि पदाधिकारीलाई दैनिक फोन गरी धम्क्याउने, गाली बेइज्जती गर्ने, सडकको बीचमा बसी आक्रमण गर्ने शैलीमा प्रस्तुत हुने, प्रचलित कानुनले निषेध गरेका शब्दहरू प्रयोग गरी मोबाइलमा सन्देश पठाउने तथा कार्यालय प्रवेशमा अवरोध गर्ने काम निरन्तर गरिएको उल्लेख छ।

'दैनिक कार्यालय र सार्वजनिक काममा उपस्थित हुँदासमेत भौतिक रूपमा नै आक्रमण हुने सम्भावना रहेकाले त्रिवि उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारलाई दुई/दुईजना निजी सुरक्षा अधिकृत (पिएसओ) को व्यवस्था गरिदिई शान्तिपूर्ण रूपमा कामकारबाही गर्ने वातावरण मिलाइदिनुहुन अनुरोध गर्दछु,' विज्ञप्तिमा उल्लेख छ। 

पत्रको बोधार्थ प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति र शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपतिलाई समेत दिइएको छ। आइतबार मात्रै त्रिवि परिसरमा पत्रकार सम्मेलन गर्दै त्रिवि पदाधिकारीहरूले तालाबन्दी र तोडफोड निरन्तर गरिएका कारण आफूहरूलाई काम गर्नै कठिन भएको र अप्रिय निर्णय लिनुपर्ने अवस्था सिर्जना भएको बताएका थिए।