१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १७:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

पटेल र करिमसामु नेपाली बलर किन बने निरीह ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १७:४६:oo

तेस्रो टी–२० म्याचमा केन्याले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १५६ रन बनायो । पूरै २० ओभरमा उसका दुई खेलाडी मात्र आउट भए, त्यो पनि सुरुवाती ओभरमा । अर्थात्, नेपाली बलरसामु केन्याली खेलाडी पूरै हावी देखिए । 

हुन पनि आजको खेलमा नेपाली बलरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । एकातिर विकेट लिन असफल नेपाली बलर कसिलो बलिङ गर्नसमेत असमर्थ देखिए। नेपालले लिएका दुवै विकेट मोहम्मद आदिलको नाममा रह्यो । 

केन्याका रकिव पटेल र इरफान करिमले अर्धशतक बनाए। पटेल ७३ र करिम ५६ रनमा अविजित रहे। पटेलले १८औँ ओभरमा करण केसीको बलमा चौका प्रहार गरी प्रतियोगिताकै पहिलो अर्धशतक बनाएका थिए । 

अर्को ओभरमा करिमले कप्तान सन्दीप लामिछानेको बलमा छक्का प्रहार गरी अर्धशतक पूरा गरे। १७औँ ओभरबाट नेपाली बलरमाथि केन्याली खेलाडी पूरै हावी भएका थिए । 

सन्दीपले आफ्ना पछिल्ला दुई ओभरमा २५ रन दिए । करणले आफ्नो चौथो ओभरमा १२ तथा खेलको अन्तिम ओभर बलिङ गर्न आएका दीपेन्द्रसिंह ऐरीले १८ रन दिए । 

टस हारेपछि कमेन्टेटर चारु शर्मासँगको संक्षिप्त कुराकानीमा कप्तान लामिछानेले टस जितेको भए पहिले ब्याटिङ रोज्ने तयारी थियो भनेका थिए। अर्थात्, पिच ब्याट्सम्यानलाई फेबर गर्ने खालको रहेको उनलाई पनि थाहा थियो । 

साथै, उनले दोस्रो इनिङ ब्याटिङ गर्दा पनि १५०, १६० रन बनाउन सकिने बताएका थिए। अब ब्याटिङमा  आउँदा नेपाली ब्याटरले कप्तानको सो भनाइलाई पुष्टि गर्न सके भने नेपालले श्रृंखलामा २–१ को अग्रता लिनेछ। अन्यथा, त्यही परिणाम केन्याको पक्षमा हुनेछ ।
 

ad
ad