मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी लण्डन
२०७९ भदौ १२ आइतबार ११:३८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

इंग्लिस प्रिमियर लिग ठूला क्लबको जित

Read Time : > 1 मिनेट
एजेन्सी लण्डन
२०७९ भदौ १२ आइतबार ११:३८:००

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा ठूला क्लबहरू म्यानचेस्टर सिटी, लिभरपुल, म्यानचेस्टर युनाइटेड र चेल्सीले जित निकालेका छन् । ब्रुनो फर्नान्डेजले दोस्रो हाफमा गरेको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा लगातार दोस्रो जित निकाल्यो । शनिबार चाँडो गरी भएको खेलमा भ्रमणकारी टोली युनाइटेडले साउथह्याम्पटनलाई १–० ले पराजित गर्‍यो । खेलको ५५औँ मिनेटमा ब्रुनोले गरेको गोलमा युनाइटेडले महत्वपूर्ण तीन अंक हासिल गर्‍यो ।  जितसँगै युनाइटेड चार खेलबाट ६ अंक बनाएर सातौँ स्थानमा छ । यता, चार खेलमा चार अंक जोडेको साउथ ह्याम्पटन १४औँ स्थानमा छ । 

अर्काे खेलमा लिभरपुलले बर्नमाउथविरुद्ध ९–० को जित निकाल्यो । लिभरपुलको जितमा रोबर्टाे फिर्मिनो र लुइस डियाजले समान दुई गोल गरे । यस्तै, हार्भे इलियोट, टे«न्ट एलेक्सजान्डर अर्नाेल्ड, भर्गिल भान डाइक र फाबियो कार्भाल्होले समान एक–एक गोल गरे । बर्नमाउथका क्रिस मेपहमले आत्मघाती गोल गरे । जितसँगै लिभरपुल चार खेलबाट ५ अंक जोड्दै आठौँ स्थानमा छ । बर्नमाउथ ४ खेलबाट तीन अंकसहित १६औँ स्थानमा छ । 

अर्काे रोमाञ्चक खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसविरुद्ध पुनरागमन जित निकाल्यो । स्टार फरवार्ड एर्लिङ हाल्यान्डले ह्याट्रिक गरेपछि सिटीले २–० को नतिजा उल्टाउँदै भ्रमणकारी टोली क्रिस्टल प्यालेसलाई ४–२ ले हरायो । जोन स्टोनेसले खेलको चौथो मिनेटमा आत्मघाती र जोआचिम एन्डरसनले २१औँ मिनेटमा गोल गरेपछि सिटी पहिलो हाफमा २–० ले पछि परेको थियो । यसपछि पेप ग्वार्डिओलाको सिटीले घरेलु मैदानमा लगातार चार गोल गर्‍यो ।

बर्नान्डो सिल्भाले ५३औँ मिनेटमा गोल गर्दै अग्रता २–१ मा झारे । ६२औँ मिनेटमा हाल्यान्डले गोल गर्दा खेल २–२ को अवस्थामा पुग्यो । यसपछि हाल्यान्डले ७०औँ र ८१औँ मिनेटमा ह्याट्रिक पूरा गर्दै सिटीको जित सुनिश्चित गरे । जितपछि सिटी ४ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । पराजित क्रिस्टल प्यालेस ४ खेलबाट ४ अंक जोड्दै १३औँ स्थानमा छ । 

यता, चेल्सीले लेस्टर सिटीलाई २–१ ले हरायो । यस्तै, अन्य खेलमा बेन्टफोर्ड र एभर्टनले १–१ गोलको बराबरी खेले भने ब्राइटनले भने लिड्स युनाइटेडलाई १–० ले पराजित ग¥यो ।